भरत शिवाकोटी
वैदेशिक रोजगारिमा जाने अधिकाङ्श मानिसहरुको सपना धेरै ठूलो हुदैन । धेरैजनाको लक्ष्य आफ्नो परिवारसग र परिवारको निमित्त नै जोडिएको हुन्छ भन्दा अन्याय नहोला ।
तर रोजगारमा जाने ब्याक्तिको दु:ख र लक्ष्यले मात्र उसको अवस्थामा परिवर्तन ल्याउन सक्दैन । हो यस्तै भएको छ मोरङ उर्लाबारी -७,नमुना चौकका मिलन खडकाको जिवनमा अनि उनको परिवारमा ।
विगत ५ बर्षदेखि युएईमा कार्यरत रहेका मिलनले देखेको घरपरिवारको निमित्त सुखद जीवन र उज्जवल भविष्य त पूरा भएन नै उल्टो उनी नै चरम अप्ठ्यारोमा मात्र परेका छैनन हालसम्म खाइनखाइ गरेर कमाएको धन सम्पती समेत गुम्ने खतरा भएको छ ।
गत साउन १ गते अपरान्ह मिलनकी श्रीमति बर्ष ३१ कि अनु खडका घर बाट नै करिब १६ तोला सुन र केही नगद सहित बेपत्ता भएकी छ्न ।
१२ बर्ष र ९ बर्ष का छोरा सहित सम्युक्त परिवारमा बस्दै आएकी अनु एक्कासी बेपत्ता भएपछी मिलन र उनको परिवार बेचैन बनेको छ । परिवारामा कुनै झै-झगडा वा मनमुटाव बेगर एक्कासी अनु बेखबर बनेकोमा मिलन केही सोच्न नसकेको बताउछ्न ।
आफन्त तथा सम्भावित खोजी गर्ने स्थानमा खोजी गरिसक्दा पनि केही पत्ता लाग्न नसकेपछी मिलनको परिवारले प्रहरिमा जाहेरी दिएको पारिवारिक स्रोतले जनाएको छ ।आमसञ्चारबाट



