झापाको अर्जुनधारा– ७ का २१ वर्षीय गौरव श्रेष्ठको परिवारले सहयोगको याचना गरेका छ । २१ वर्षको कलिलो उमेरमै दुवै मृगौला फेल भएर उपचार गराइरहेका गौरवको उपचारमा आर्थिक अभाव भएपछि परिवारले आर्थिक सहयोग गरिदिन भन्दै सहयोगको याचना गरेको हो ।

हाल काठमाण्डौं स्थित टिचिङ अस्पतालमा उपचाररत् गौरवको उपचारमा आर्थिक अभावभएको भन्दै सहयोग गरिदिन परिवारले अनुरोध गरेको हो । आर्थिक अवस्था अत्यन्त कमजोर भएको र थप उपचार तथा मृगौला प्रत्यारोपणका लागि आर्थिक अभाव भएपछि सबैसंग सहयोगको याचना गरेका हुन् ।

यसैबीच गौरवको उपचारमा लागि आार्थिक सहयोग जुटाउने उद्धेश्यले गौरव श्रेष्ठ बचाउ अभियान नामक समिति गठन गरेर आर्थिक सहयोग संकलन शुरु गरिएको छ । स्थानीय इसान ढकालको संयोजकत्वमा ११ सदस्य समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा चन्द्रप्रकाश सिटौला, राजकुमार बराईली, होमप्रकाश अधिकारी, पुर्णिमा सिटौला, राजेन्द्र काफ्ले, दिपेन्द्र कटुवाल, उत्सव ढकाल, जर्नादन उप्रेती, भूवनेश्व शिवाकोटी, मिलन मुक्तान र भूपेन शिवाकोटी रहेका छन् ।

समितिले गौरवको उपचारका लागि आर्थिक सहयोग जुटाउन विभिन्न संघ संस्था तथा स्थानीय सकारसंग आग्रह गरेको छ । कलिलै उमेरमा मृगौला फेल भएको र आर्थिक अभाव सिर्जना भएपछि उनको मृगौला प्रत्यारोपणमा समस्याभएको भन्दै समितिले देश विदेशमा रहेका सहयोगी मनहरुलाई सहयोग गरिदिन आग्रह गरेको छ ।

समितिले गौरव श्रेष्ठ बचाउ अभियानको नाममा सिभिल बैंकमा खाता समेत खोलेको छ उनलाई सहयोग गर्न चहाने ब्यक्ति तथा संघ संस्थाले सिभिलल बैंक शनिश्चरे शाखामा रहेको खाता नम्बर ०७६१०५८१४७७०१३ मा आर्थिक सहयोग गर्न सकिने जनाइएको छ । परिवारको कान्छो छोराको कलिलै उमेरमा मृगौला फेल भएपछि बुबा गोपाल श्रेष्ठले आफ्नै छोरा सम्झेर सबैलाई आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।
पुर्वाञ्चल डेल्लीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah