काठमाण्डौमा रेल कुद्ने सपना निकै वर्षअघि देखिएको सपना हो । पछिल्ला वर्ष काठमाण्डौमा रेल दौडाउने विषयमा निकै गम्भीर बहसहरु सुरु भएका छन् ।

ठुला दुई छिमेकी मुलुकको बीचमा रहेको नेपाल, जसको राजधानी काठमाण्डौसम्म रेल ल्याउने सपना उत्तरी छिमेकी मुलुक चीन र दक्षिणी मुलुक भारतले समेत बनाएका छन् ।

उनीहरुले नेपाल लक्षित रेल यातायात विस्तार गरेर व्यापारिक र कुटनीतिक उद्धेश्यमात्र होइन, सामरिक रणनीतिक सन्तुलनलाई समेत कायम गर्न खोजिरहेका छन् ।

नेपाल आफैले भने मुलुकभित्र निश्चित ठाउँमा रेलमार्ग विस्तार गर्ने गम्भीर तयारी भने गरेको देखिदैन । कागजी तयारी भने भएको देखिन्छ ।

यसै सिलसिलामा मंगलबार एउटा नीजि कम्पनीले काठमाण्डौमा स्काई रेल सञ्चालन गर्न सकिने भन्दै काठमाण्डौ महानगरपालिकालाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।

स्थानीय साइमिक्स इङ्क प्रालिले काठमाण्डौको तिलगंगादेखि कलंकीसम्म स्काई रेल सञ्चालन गर्न सकिने बताउँदै महानगरपालिकामा प्रतिवेदन बुझाएको हो ।

कम्पनीका अनुसार तिलगंगाबाट, एयरपोर्ट, नयाँ वानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलंकीसम्म स्काई रेल सञ्चालन गर्न सकिने बताएको छ ।

त्यतिमात्र होइन काठमाण्डौका नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना र चक्रपथ वरिपरि पनि स्काई रेल सञ्चालन गर्न सकिने सो कम्पनीले स्पष्ट पारेको छ ।

सो कम्पनीले २०७३ साल माघ २६ गते काठमाण्डौ महानगरपालिकासँग सम्झौता गरी सम्भाव्यता अध्ययन गरेको र सो अध्ययनबाट काठमाण्डौमा स्काई रेल सञ्चालन गर्न सकिने विश्वास प्राप्त भएको कम्पनीका पदाधिकारीहरुको दाबी छ ।

मंगलबार कम्पनीले बुझाएको प्रारम्भिक प्रतिवेदन बुझ्दै काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले छिमेकी महानगरहरुसँग समेत छलफल गरेर निर्णय लिने बताएका छन् ।

कम्पनीले भने काठमाण्डौमा स्काई रेल सञ्चालन गर्न सके अहिलेको यातायात आवगमन सहज हुन सक्ने र वातावरणमा समेत सुधार आउन सक्ने स्पष्ट पारेको छ । सो कम्पनीले चिनियाँ कम्पनी बिवाइडीसँगको सहकार्यमा सम्भाव्यता अध्ययन गरेको थियो ।

कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र २ वर्ष समय लाग्छ। मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दाबी छ।

रेलको एउटा डिब्बामा २०० जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिन्छ। तर, काठमाडौं महानगरपालिकामा सञ्चालन गरिने रेलमा भने ३ वटा डिब्बा मात्र जोड्न सकिन्छ।

कम्पनीका अनुसार लागतसहितको प्रतिवेदन भने विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि मात्र सार्वजनिक गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah