मेष

तपाईको विश्वास र आध्यात्मिकता प्रतिको दृष्टिकोणले तपाईको व्यक्तित्वमा बढी सकरात्मक बनाउदैछ । केहि समयका लागि चिन्ता र समस्याबाट मुक्त हुनुहुनेछ । व्यस्तताको बाबजुद आफन्त र साथीहरूको लागि समय निकाल्दा सम्बन्ध अझ बलियो हुन्छ । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यावसायिक आम्दानी बढ्नेछ ।

वृष

नजानेको ठाउँमा जादा अपमानित हुनुपर्ला । प्रतिस्पर्धीहरु सक्रिय रहनेछन् । स्वास्थ्य ठीक हुनेछ तर वर्तमान वातावरणको प्रतिकूल प्रभावहरूबाट आफूलाई जोगाउन निश्चित गर्नुहोस् । व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । परिवारजन तथाआफन्तबीच आत्मीयतामा कमी आउला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् ।

मिथुन

यो महिना सबै कामहरू आफै गर्न प्रयास गर्नुहोस, अरूबाट मद्दतको आशा नगर्नुहोस् यो नै उपयुक्त रहन्छ । कुनै पनि काम गर्नु अघि धेरै पक्षहरूको बारेमा सोच्न आवश्यक छ । कसैलाई आफ्नो योजना प्रकट नगर्नुहोस् । अभिप्रेरणा जगाउनेहरू पनि प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ ।

कर्कट

ब्यापारमा उन्नति प्रगति रहन सक्ला । तपाईको घरको वातावरणलाई खुशी राख्न विशेष प्रयास गरिनेछ । युवाहरू उनीहरूको प्रेम मामिलाको बारेमा सचेत र इमानदार रहनेछन् । व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । परिवारजन तथाआफन्तबीच आत्मीयतामा कमी आउला । तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ ।

सिंह

व्यवसायमा परम्परागत कामको प्रभावका कारण केही आशा हुनेछ। धन प्राप्तिले मनमा केहि हर्ष ल्याउन सक्ला । समय धैर्यताको आवस्यकता पर्नेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ ।

कन्या

कामको लागि केही परिवर्तन ल्याउनु आवश्यक रहन्छ । व्यक्तिहरूले उनीहरूको योग्यता अनुसार उचित परिणामहरू पनि पाउने छन । काममा केहि ढिला सुस्तीले चिन्ता बढ्नेछ । काम बिग्रिन सक्ला । खर्च लागे पनि दिगो आयस्रोत जुताउन सकिनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन् । स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला ।

तुला

स्वास्थ्यमा केहि समस्या आउन सक्ला । डर र तनावले तपाईलाई हावी हुन नदिनुहोस् । योग र ध्यानलाई तपाईको दैनिक तालिकाको भाग बनाउनुहोस् । अपमानित रहनुपर्ला । पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

वृश्चिक

यो महिना व्यवसायमा राम्रो छ । व्यापार खातामा पारदर्शिता राख्नुहोस् । करसँग सम्बन्धित सबै फाईलहरू पूर्ण राख्नु पनि आवश्यक छ । कार्य क्षेत्रको सानो सानो विस्तारलाई पनि आलोचनात्मक र नजिकबाट मुल्यांकन गर्न आवश्यक रहन्छ । जिम्मेवारी भने बढिरहनेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइलेखाइमा समय दिन नसकिएला ।

धनु

यो महिना तपाईंको लागि धनलाभ हुनसक्छ । यो महिना तपाईले आफ्नो स्वास्थ्य बारे सचेत हुनुपर्दछ किनकि यसमा केही ह्रास हुन सक्छ र बाहिर खान नपरोस् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

मकर

तपाईको परिवारमा यो महिना कुनै मतभिन्नता हुन सक्छ, तर यदि तपाईले आफ्नो बोलीलाई नियन्त्रणमा राख्नुभयो भने, यो मामिला प्रेमको साथ समाधान हुन्छ, अन्यथा सम्बन्ध टुक्रिनेछ । अन्नभण्डारमा वृद्धि देखिन्छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ ।

कुम्भ

विद्यार्थीहरूले रकमको अभाव सामना गर्न सक्छन् । यो महिना तपाईलाई बिभिन्न गतिमा चल्नुपर्ने छ व्यापारलाई नयाँ गति दिन । कार्यमा हानी देखिन्छ र धन नाशको संकेत देखिन्छ महिनाको सुरुवातमा । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ ।

मीन

यो महिना नाफामुलक समय नै छ । एक अर्कालाई फोन गरेर सोध्नुमा सम्बन्ध अझै बलियो हुनसक्छ । यसका साथसाथै दिनका अन्य कार्यहरू पनि व्यवस्थित रूपमा गरिनेछ । धेरै किसिमका फाइदाले पछ्याउनेछन् । काममा रोकावट र कममात्र फाइदा हुने समय छ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ । आर्जित धन तत्काल खर्च हुन सक्छ ।

ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)

[email protected]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah