काठमाण्डाै - नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनाको प्रारम्भिक परिणाममा गगनकुमार थापाको अग्रता देखिएको छ । दुई सय मतगणना सकिँदा थापाको १ सय २४ मत आएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, दोस्रोमा प्रदीप पाैडेलकाे ७३, डा.प्रकाशशरण महतको ७०, विश्वप्रकाश शर्माको ६७, डा.मिनेन्द्र रिजालको ४० र डा.राजाराम कार्कीको १ मत आएको छ ।

महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट डा.मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधिको समूहबाट डा.राजाराम कार्की महामन्त्रीका उम्मेदवार हुनुहुन्छ । महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना महामन्त्रीमा चयन हुनेछन् । सभापतिमा देउवा निर्वाचित भैसक्नुभएको छ भने उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित हुनुभएको छ । महामन्त्रीपछि सह–महामन्त्री र त्यसपछि केन्द्रीय सदस्यको मतगणना गर्ने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।