झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सहितको टोलीले दमक तथा झापामा भइरहेको बिद्यूत समस्या सामधानका लागि पहल शुरु गरेको छ ।

एमाले नेता अग्नि खेरल,दीपक कार्की, दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल सहितको टोलीले बिद्यूत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ लगायतलाइ भेटेर बिद्यूत आपूर्ति समस्या सामधानका लागि पहल गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकलाइ घिसिङ सहित आएर नै लोडसेडिङमुक्त घोषणा गरेका थिए । तर अहिलेसम्म पनि लोडसेडिङमुक्त भएको छैन । दमकमा बारम्बार बिद्यूत समस्या उभपोक्ताले झेल्दै आउनु परेको छ ।

दमकको बिद्यूत समस्या सामधानका लागि घिसिङले तत्काल १६ केभिएको ट्रान्सफरमर पठाउने भनेर त्यसका लागि सम्बन्धित निकायमा निर्देशन दिएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए । उनका अनुसार अहिले यसका आधा क्षमताको मात्र ट्रान्सफरको प्रयोग हुँदा समस्या भएको पाईएको उनको भनाइ छ ।