नेपाल विद्युत प्राधिकरणका सबै आय संकलन काउन्टरहरू आजदेखि आगामी सोमबारसम्मका लागि बन्द गरिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरेर आजदेखि पुस ५ गतेसम्मको लागि काउन्टरहरु बन्द गरेको जानकारी दिएको हो ।

बिलिङ सिष्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय संकलन काउन्टरहरू बन्द गरिएको प्राधिकरणले बताएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उपभोक्ताको २०७८ मंसिर महिनाको बिजुली खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत महशुल निर्धारण भएकाले परिवर्तित दर प्राधिकरणको बिलिङ सिस्टममा पुस महिनादेखि अद्यावधिक गर्नुपर्ने भएकाले काउन्टरहरु बन्द गर्नु परेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ