बैतडी : घाँस काट्ने क्रममा भिरबाट लडेर बैतडीमा आज एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका–८ लेककी २६ वर्षीया जानकी ऐर रहेकी छन्।
घर नजिकैको मालुमेला भन्ने ठाउँमा घाँस काटिरहेका वेला आज बिहान साढे ९ बजेतिर लडेर ऐरको लडेर मृत्यु भएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए।
मृतकका एक छोरा र दुई छोरी छन्।










