मंगलबार राति मदिराले लठ्ठ भएका बाराको करैयामाई गाउँपालिका–१ मधुवनका २५ वर्षिय भगवानलाल साहले आफ्नी २२ वर्षीया श्रीमती रमीता साहको हत्या गरे । मदिराले मातेका साह राति १ बजे घर पुगेका थिए । त्यसपछि उनले अन्यसँग लागेको भन्दै कुटपिट गरी श्रीमतीको हत्या गरे । हत्यापछि स्थानीयको सहयोगमा प्रहरीले साहलाई थुनामा राखी थप कारवाही अघि बढाएको छ ।

गएको असार २७ गते बाँकेको कोहलपुर नगरपालिका–४ का अहमद अस्पाल बेडुवाले श्रीमतीको घाँटी रेटेर हत्या गरे । झाँक्रीकोमा झारफुक गर्न जाने भन्दै घरबाट राति ९ बजे श्रीमती र ६ महिने बालिकालाई साथमा लिएर गएका बेडुवाले एकान्तमा पुगेपछि श्रीमतीको हत्या गरे । हत्यापछि फिल्मी शैलीमा टाउको साइकलमा बाँधेर प्रहरी कार्यालयमा गएर आत्मसमर्पण गरे ।

असार १३ गते सिरहाको भगवानपुर गाउँपालिका–१ का ३५ वर्षिय बालकृष्ण यादवले पत्नी रामकला यादवको घाँटी रेटेर हत्या गरे । लागु औषध मुद्दामा जेलबाट केही दिन अघिमात्र छुटेका यादवले श्रीमतीलाई अन्य पुरुषसँग लागेको भन्दै राति हँसियाले घाँटी रेटेर हत्या गरेका थिइ । आफू जेल बसेका बेला श्रीमती अन्य पुरुषसँग लागेको थाहा पाएपछि हत्या गरेको भन्दै बालकृष्णले प्रहरीमा बयान दिएका छन् ।

असार २० गते रुकुम चौरजहारी नगरपालिका–१४ का डिल्लीबहादुर रानाले आफ्नी श्रीमती ४१ वर्षीया ललिताको हत्या गरे । श्रीमतीलाई अन्य पुरुषसँग हिँडडुल गरेको भन्दै उनले श्रीमतीको हत्या गरेको प्रहरीमा बयान दिएका छन् ।

असार महिनामा भएका महिला हत्याका केही घटना हुन् यी । पछिल्लो तथ्यांक हेर्ने हो भने महिला हिंसाका घटना बढेका छन् । प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३÷०७४ को साउनदेखि जेठसम्ममा देशभर २११ महिलाको हत्या भएको छ । अघिल्लो आवको सोही अवधिमा १९२ महिलाको हत्या भएको थियो । कतिपय घटना प्रहरीसम्म नआइपुग्ने भएकाले यो तथ्यांक अझै बढी हुन सक्ने बताइन्छ ।

अनुसन्धान अधिकारीहरुका अनुसार महिला हत्याको मुख्य कारणमा वैदेशिक रोजगारी देखिएको छ । “हत्याका पछि विभिन्न कारण लुकेपनि मुख्य कारण भने वैदेशिक रोजगारी देखिएको छ । श्रीमान् विदेश गएका बेला श्रीमती अन्यसँग लाग्ने अनि यही ‘इस्यु’ बढ्दै गएर हत्यासम्म पुगेका घटना देखिएका छन्,” एक अनुसन्धान अधिकारीले भने । सामाजिक सञ्जाल पनि महिला हत्याको कारण बन्ने क्रम बढेको ती अधिकारी बताउँछन् ।

गएको मंगलबार बारामा भएको घटनाको कारण पनि सामाजिक सञ्जाल फेसबुक देखिएको छ । करैयामाई गाउँपालिका मधुवनका २५ वर्षिय भगवानलाल साहले २२ वर्षीया श्रीमती रमीता साहको हत्याको पछि पनि यस्तै कारण रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । साहले फेसबुककै प्रसंग निकालेर श्रीमतीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ ।

असार २० गते रुकुम चौरजहारी–१४ का डिल्लीबहादुर रानाले पनि आफ्नी श्रीमती ललिता फेसबुकमार्फत् अन्य व्यक्तिसँग लागेको भन्दै हत्या गरेको अनुसन्धानबाट खुलेको छ । फेसबुकबाट चिनेको व्यक्तिसँग हिँडडुल गरेको थाहा पाएका कारण श्रीमतीको हत्या गरेको डिल्लीबहादुरले प्रहरीलाई बयान दिएका छन् ।

महिला हत्याको बढ्दो ट्रेन्डले प्रहरी पनि चिन्तित छ । प्रहरी प्रवक्ता सर्वेन्द्र खनाल भन्छन्, “महिला हत्याका घटना बढेका बढ्यै छन् । समाजमा विभिन्न खालका समस्या देखा पर्न थालेका छन्, यी र यस्ता समस्या समाधान गर्न प्रहरीमात्र हैन, सबै जिम्मेवार निकायको ध्यान जान जरुरी छ ।”बाह्खरीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah