नेपालमा कुनै बेला यस्तो अवस्था थियो जुन बेला १८ घण्टा सम्म अन्धकारमा बस्नुपर्ने अवस्था थियो । यस्तो अवस्थावाट पार लगाउने नेकपा एमाले भएको नेता शंकर पोखरेलले दावी गरेका छन् । नेपालमा जारी लामो लोडसेडिगं एमालेले हटाएको महासचिव शंकर पोखरेलले दावी गरेका छन् । केपी ओली नेतृत्वको तत्कालीन सरकारले देशबाट १८ घण्टे लोडसेडिङ हटाएको उनको दाबी थियो ।

चितवन महाधिवेशनपछि भक्तपुरमा बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो दावी गरेका हुन् । पार्टीले शुक्रबार सार्वजनिक कार्यक्रम आयोजना गरेको थियो । सो क्रममा तत्कालिन एमाले सरकारले गरेका कामको स्मरण गर्दै उनले ुएमाले नेतृत्वको सरकारले नै तत्कालीन अवस्थामा १८ घण्टा लामो लोडसेडिङ हटाउन काम गरेको उनले बताए । उनलेभने, ‘त्यसका लागि हामीले भारतसँग विद्युत खरिद सम्झौता गरेका थियौँ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले लोडसेडिङ हटाउन ओली नेतृत्वको सरकारकै पालामा अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माणमा पनि भूमिका खेलेको बताएका छन्। उनले त्यसकारण अब देशमा लोडसेडिङ हटेको पनि उनले दाबी गरेका छन्।