काठमाडौ : महिला अधिकार र बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको एबीसी नेपालको अध्यक्ष पदमा मिना खत्री(कार्की) निर्वाचित भएकी छन् । एबीसी नेपालको २८ औं साधारण सभाबाट खत्रीको अध्यक्षतामा ९ जनाको नयाँ कार्यसमिति चयन भएको हो ।
एबीसी नेपालले विगत लामो समयदेखि हिंसामा परेका बेसहारा र बेचबिखनबाट प्रभावित महिलाहरुको संरक्षण, पुर्नस्थापना र सशक्तिकरणको पक्षमा काम गर्दै आएको छ।
निवर्तमान अध्यक्ष दुर्गा घिमिरे संस्थाको संस्थापक सल्लाहकार छन् । एबीसी नेपालले काठमाडौं, विराटनगर र रुपन्देहीमा पुर्नस्थापना केन्द्र स्थापना गरी ३ हजार १ सय ११ जना महिला र बालबालिकाहरुलाई सेवा दिइसकेको छ ।










