हिन्दु धर्म अन्य धर्म भन्दा फरक हह किनकि हिन्दु धर्मका मूल्य मान्यता नै आफैमा अनौठा र अस्चार्यजनक छन् ,अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।
शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ आखिर शिवलिंग के हो शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिंग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिंग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिंग हो । शिवलिंगको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिंगको अर्थ लिंग वा योनी होइन ।
वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् । हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ । त्यसैले शिवलिंगको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो धर्ती यसको पिठ्यु र आधार हो । त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिंग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो । जस्तोः प्रकाश स्तम्भ/लिंग, अग्नी स्तम्भ/लिंग, उर्जा स्तम्भ/लिंग आदि ।
ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो । यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिवलिंगका रुपमा चिनिन्छ । ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिंगमा निहित हुन्छ । वास्तवममा शिवलिंग हाम्रो ब्रह्माण्डको आकृति हो ।
यसैगरी हिन्दु धर्म ग्रन्थहरुमा पाप-पूण्य न्याय र अन्यायको परिभाषा बताईएको छ।हिन्दु धर्म मान्नेहरुलाई पुनर्जन्ममा गहिरो आस्था छ।यम र नियमको सिद्धान्त हिन्दु धर्मको मुख्य सिद्धान्त हो। प्राथार्ना ब्रत,तिर्थ र दान प्रत्येक हिन्दुहरुको कर्तव्य हो १२ हजार बर्ष प्राचिन ईतिहास हिन्दु धर्मको एक रहस्य हो। हिन्दु धर्म भित्र लुकेका कैयौ रहस्यहरु कुनैबेला विज्ञानले अस्वीकार गरेको थियो तर अहिले थुप्रै कुराहरुमा विज्ञान सहमत भएको यस सम्बन्धमा खोज-अनुसन्धान गरिरहेको छ।
हिन्दु धर्मका पाँच यस्ता रहस्यको बारेमा जानौं कल्पवृक्ष : वेद-पुराणमा कल्पवृक्षको बारेमा उल्लेख गरिएको छ। यो वृक्ष स्वर्गको एक विशेष वृक्ष हो। पौराणिक धर्मग्रन्थ र हिन्दु मान्यता अनुसार यो वृक्षको मुनि बसेर कुनै ब्यक्तिले जे- ईच्छा गर्छ त्यो पुरा हुन्छ भन्ने विश्वाश छ किनकी यो वृक्षमा अपार सकारात्मक उर्जा रहेको हुन्छ।
नाग : हिन्दु धर्ममा गाई पछि सर्पको पनि उच्च स्थान रहेको छ। सर्पलाई नागको रुपमा पूजा गरिन्छ।हिन्दु धर्म अनुसार थुपै किसिमका सर्प (नागहरु) यो धर्तीमा रहेका छन्।जसमा- मणिधारी नाग , इच्छाधारी नाग ,उड्ने नाग र एक मुखे नाग देखी दश मुख भएको शेषनाग छन् भनिन्छ। वैज्ञानिकहरुका अनुसार सर्प विश्वको सबैभन्दा रहस्यमयी प्राणी हो।
पुराणका अनुसार समुन्द्र मन्थनको बेलामा वासुकी नागलाई मंदराचल पर्वतको आसपास बेरेर डोरीको रुपमा प्रयोग गरिएको थियो। भगवान शिवको शरीरमा सधै नाग रहने गर्छ। जसको नाम वासुकी नाग हो। वासुकी नागलाई नागहरुको राजा पनि भनिन्छ।नागलाई शिवको गहना पनि भनिन्छ।भगवान विष्णु शेषनागमा विराजमान हुनुहुन्छ।त्यसैले हिन्दुसँग नागको निकै ठूलो सम्बन्ध छ।
मणि : मणि एक प्रकारको चम्किने पत्थर हो। मणिलाई हिराको श्रेणिमा राखिएको छ। मणि थियो भन्ने कुरा रहस्य नै रहेको छ। तर हिन्दु धर्म ग्रन्थहरुमा मणिको धेरै उल्लेख भएको पाईन्छ। पौराणिक कालमा जोसँग मणि थियो उ जेपनि गर्न सक्थ्यो र सर्वशक्तिमान हुन्थ्यो। महाभारतकालमा अस्वस्थामा सँग मणि थियो र मणिको बलमा अस्वस्थामा शक्तिशाली र अमर भएका थिए। रावणले कुबेरसँग चन्द्रकान्ता नामको मणि लुटेका थिए। मणि धेरै प्रकारका हुन्छ ति हुन्- निलमणी, चन्द्रकान्तमणि,शेषमणी,कस्तुपमणी,पारसमणी,रातोमणी।भनिन्छ कागले मणि चिन्न सक्छ र मणि हिमालमा पाईन्छ भन्ने धार्मिक मान्यता छ।
शंख : हिन्दु धर्म अनुसार शंखमा सबै दु:खकष्ट र भुतप्रेत,राक्षस भगाउने शक्ति छ भन्ने मान्यता छ। समुन्द्र मन्थनको क्रममा शंखको उत्पत्ती भएको धार्मिक हो। शंखको हिन्दु धर्ममा ठूलो महत्व रहेको छ। शंख धेरै प्रकारका रहेका छन्।ति मध्ये तिन प्रकारका शंख दक्षिणावर्ती शंख,मध्यावृत्ति शंख तथा वामावृत्ति शंख। शंखको शक्तिको वर्णन महाभारत र पुराणमा उल्लेख छ। लक्ष्मी शंख,गौमुखी शंख,कामधेनु शंख, विष्णु शंख,देव शंख,चक्र शंख गरुड शंख,मणिपुष्पक शंख,राक्षस शंख, राहु शंख ,केतु शंख ,शेषनाग शंख,आदी प्रकारका छन्। महाभारतमा कृष्ण, भिष्म,पाण्डव लगायत सँग अलग- अलग शंख थियो र सबैको अलग- अलग शक्ति र बिशेषता थियो।
पुनर्जन्म : पुनर्जन्मको सिद्धान्त हिन्दु धर्ममा मात्रै छ। यहुदि,ईस्लाम,क्रिश्चियन धर्मले पुनर्जन्मलाई मान्दैनन्। हिन्दु धर्म अनुसार आत्मा अजर र अमर छ शरिर कहिल्यै मर्दैन। यो परिवर्तित मात्रै भईरहन्छ।आत्मा एउटा शरीर छोडेर दोस्रो शरीर धारण गर्छ। यो चक्र मोक्ष प्राप्त नगरेसम्म चलिरहन्छ।मोक्षको अर्थ हो आफ्नो मूल स्वरुपको पहिचान गर्नु, र म शरिर मात्रै होइन भन्ने बुझ्नु।



