बिभिन्न ठाँउमा रगतको अभाव खड्किएको सुनेपछि नेपाल यातायात मजदूर संघ हलुका सवारी चालक संघ इकाइ दमकले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ६ जनाले रक्तदान गरेकाछन् । संस्थाका सचिव गणेश गौतमका अनुसार ६ महिला सहित १ सय ६ जनाले रक्तदान गरेका हुन् ।

एडभान्स हेल्थ केयर दमकको प्रायोजनमा भएको रक्तदान कार्यक्रममा प्राविधिक सहयोग दमक रेडक्रस रहेको थियो ।इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुको प्रमुख आतिथ्यमा कार्यक्रम भएको जनाइएको छ । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष गौतमकुमार लामाले, स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष महेन्द्र अधिकारीले र सञ्चालन हरी पाण्डेले गरेका थिए ।