कांग्रेसको १४औँ महाधिवेशनमा भएको खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।

जसमा तीन जना डाक्टर निर्वाचित भएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केन्द्रीय सदस्यमा निर्वाचित तीन डाक्टरमा डा.शशांक कोइराला, प्रा.डा गोविन्दराज पोखरेल र डा रामशरण महत छन्। कोइरालाले पपुलर मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। उनले ३८३६ मत ल्याएका हुन्।

३५ सदस्यका लागि भएको निर्वाचनमा तीन जना डाक्टर निर्वाचित हुँदा ६ जना डाक्टर भने पराजित भए।

पराजित हुनेमा प्रा.डा तिर्थराज खनियाँ, डा.सुरेशचन्द्र चालिसे, डा.टिएन योगी, डा.रामशरण थपलिया, डा.सुरेश मल्ल र डा.मुकेशराज काफ्ले रहेका छन्।