झापा । दमकस्थित बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ । बेलडाँगी २ को हट नम्बर सी २ छाप्रा नम्बर २०२ मा आगलागी हुँदा एक घर जलेको प्रहरीले जनाएको छ ।

घरभित्र रहेको सबै सरसामान जलेर नष्ट भएको छ । सो घरमा भुटानी शरणार्थी रोहित महत बस्दै आएका थिए । उनी सो घरमा एक्लै बस्दै आएका थिए । आज दिउसो करिब ४ बजे घरमा कोही नभएको बेला अचानक आगो लागेको देखेपछि छिमेकीले दमकललाई खबर गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगो करिब आधा घण्टापछि नियन्त्रणमा आएको थियो। महतका २ छोरी र श्रीमती हाल अमेरिकामा रहेका छन् ।