नेकपा एमालेले स्थानीय तह निर्वाचनमा पार्टी हराउने भुमिका खेल्ने ९ जना नेता कार्यकर्तालाई निश्काशन गरेको छ । आज बसेको सचिवालय बैठकले दिनेश उप्रेती, प्रेम थापा, शैलेन्द्र खडका, धनबीर थामी, कर्मा थामीसहित ९ जनालाई निश्काशन गरेको हो ।
निर्वाचनमा बिपक्षी पार्टीलाई सघाएको र पार्टी उम्मेदवार हराउन भुमिका खेलेको प्रमाणित भएपछि उनीहरुलाई निश्काशन गरिएको दोखला एमालेले जनाएको छ ।
बैठकले जिल्ला समन्वय समितिको सभापति चयन गर्न केन्द्रीय सदस्य एवं दोलखा इञ्चार्ज पार्वत गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा जिल्ला कमिटी अध्यक्ष इश्वरचन्द्र पोखरेल, उपाध्यक्ष नरबहादुर श्रेष्ठ र सचिव भरत दुलाल सदस्य हुनुहुन्छ ।

दोलखाको ९ स्थानीय तहमध्ये ७ स्थानीय तहमा बिजयी बनेर एकलौटी जिल्ला समन्वय समिति गठनको तयारीमा रहेको एमालेबाट सभापतिका लागि उपसचिव डवल पाण्डे र नेता भुवनसिंह थापा दावेदार हुनुहुन्छ । दोलखामा अहिलेसम्म सर्वसम्मत निर्णय हुँदै आएको तथ्यलाई मनन गर्दै इञ्चार्जकै नेतृत्वमा कार्यदल गठन गरिएको हो ।



