जनकपुरधाम । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नम्बर–२ मा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । दिउँसो १ बजेदेखि गोपाल धर्मशालाको प्रांगणमा मतदान हुन लागेको हो ।

यसैबीच, प्रदेश सदस्य खुलामा आशाराम चौधरी (सप्तरी) र महिला खुला सदस्यमा विमलादेवी साह (सप्तरी) तथा उषा देवकोटा (महोत्तरी) निर्विरोध निर्वाचित भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, प्रदेश मधेसी महिलामा किरण कुमारी (पर्सा) र प्रदेश सदस्य आदिवासी जनजातिमा मनमया तामाङनी निर्विरोध चयन भएका छन् ।

विभिन्न ७२ पदका लागि १८० जनाले उमेदवारी दिएका छन् ।