काठमाडौं : नेकपा माओवादी केन्द्रका पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले शताब्दी पदक नलिने घोषणा गरेका छन् । त्रिमूर्ति निकेतनले प्रचण्डलाई  ‘सत्यमोहन जोशी शताब्दी पदक’ बाट सम्मानित गर्ने निर्णय गरेको थियो ।

प्रचण्डको निजी सचिवालयले बिहीबार प्रेस नोट जारी गर्दै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने निर्णय लिएको जानकारी दिएको छ । साथै सम्मान र पदकका लागि आफूलाई छनोट गरिएकोमा निकेतनलाई धन्यवाद दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निकेतनले नेपाली वाङ्मयका शिखर व्यक्तित्व वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीको जीवनभरिको योगदानलाई मूल्याङ्कन गरी उनको गरिमामय उचाइ अभिवृद्धिका लागि  भन्दै प्रचण्डलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय गरेको  थियो ।

त्रिमूर्ति निकेतनले  प्रचण्डसहित  पूर्व उपप्रधानमन्त्री कमल थापा, पूर्व मन्त्रीद्वय दिलनाथ गिरी तथा दीनानाथ शर्मा, पूर्व मुख्यसचिव डा सोमलाल सुवेदी, नेपाल सरकारका तत्कालीन निमित्त सचिव बुद्धिसागर लामिछाने, प्रा डा प्रेम खत्री, डोलिन्द्रप्रसाद शर्मा र श्रीमती जयन्ती प्रधानलाई पनि ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय गरेको छ ।

तेह्रौँ त्रिमूर्ति दिवसका अवसरमा आगामी भदौ ३ गते वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीबाट ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गरिने कार्यक्रम छ ।