नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको चुनावमा दलित महिलातर्फको केन्द्रीय सदस्य पदमा संस्थापन पक्ष विजयी भएको छ ।
दलित महिला सदस्यतर्फको ४ पदमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रूपा विश्वकर्मा विजयी भएका हुन् ।
चितवनकी शान्ति र पाल्पाकी रूपा पहिलोपटक केन्द्रीय सदस्य पदमा निर्वाचित भएकी हुन् । लक्ष्मी र सुजाता भने यसअघि पनि केन्द्रीय सदस्य थिए ।










