सबै जसो मानिसहरुको मनमा कुन देवीदेवताको पूजा गर्नु फलदायी रहन्छ भन्ने प्रश्न आउने गर्छ । ज्योतिषका अनुसार फरक फरक राशिको फरक फरक देवता हुने गर्छन। राशिअनुसार देवताको पूजा गर्नाले लाभ हुनेगर्छ। प्रत्येक देवी देवता कुनै न कुनै ग्रहसाग सम्बन्धित हुन्छ । यस्तामा यदि कुनै देवी देवता मानिसको कुण्डलीको ग्रह स्थितिसाग मेल खादैन भने ति मानिसलाई पूजा पाठबाट अनुकूल परिणम मिल्दैन ।

मान्यताका अनुसार आफ्नो कुण्डलीको ग्रह स्थितिको अनुसार नै देवी देवता छान्नु राम्रो हुने गर्दछ । कुण्डली अनूकुल देवी देवता जान्को लागी जातकको कुण्डलीका प्रथम भाव,पंचम भाव र नवम भावबाट छान्न उत्तम हुने गर्छ ।

मेष लग्न : यस लग्नको प्रथम भावमा मेष राशि ,पंचम भावमा सिंह राशि वा नवमा धनु राशि हुने गर्दछ । यी जातकको लागि हनुमान जी ,सुर्य देव,श्री राम व भगवान विष्णु भगवानको पुजा गर्नु उत्तम फलदायक हुन्छ ।

वृष लग्न : यो लग्नको प्रथम भावमा वृष राशि,पंचम भावमा कन्या राशि वा नवम भावमा मकर राशि हुने गर्दछ । यी जातको लागि हनुमान लक्ष्मी,गणेश वा माता दुर्गा भगवानको उपासना उत्तम र फलदायक हुन्छ ।

मिथुन लग्नः यस लग्नको प्रथम भावमा मिथुन राशि ,पंचम भावमा तुला राशि नवम भावमा मीन राशि हुने गर्दछ । यी राशि जातको लागि शिव ,हनुमान तथा विष्णु भगवानको उपासना उत्तम र फलदायक हुन्छ ।

कर्कट लग्नः यस लग्नको प्रथम भावमा कर्कट राशि ,पंचम भावमा वृश्चिक राशि वा नवम भावमा मीन राशि हुने गर्दछ । यी राशि जातको लागि शिव ,हनुमान तथा विष्णु भगवानको उपासना उत्तम र फलदायक हुन्छ ।

सिंह राशिः सिंह राशिलाई शिव परिवारको सदस्य मानिने गर्छ। सिंह लग्नका मानिसको कुण्डलीमा यदी सूर्य बलवान हुन्छ भने यिनीहरु निकै धनी मानिन्छन्। भाग्य भावको स्वामी र लग्नश सूर्य परममित्र भएका कारण यिनीहरुलाई मंगलले निकै राम्रो परिणाम दिने गर्छ। सिंह राशिको लग्न वाला स्वामी सूर्यले यस लग्नलाई शुभ फल दिने गर्छ। त्यसैले यी राशिले हरेक बिहान सूर्यलाई जल चढाउने र मंगलको मुगा लगाउनु शुभ मानिन्छ।

कन्या लग्न : यस लग्नको प्रथम भावमा कन्या राशि पंचम भावमा मकर राशि वा नवम भावमा वृष राशि हुने गर्दछ । यी जातको लागि गणेश,माता दुर्गा तथा लक्ष्मी भगवानको उपासना उत्तम फलदायक हुन्छ ।

तुला लग्न : यस लग्नको प्रथम भावमा तुला राशि ,पंचमा भावमा कुम्भ राशि वा नवम भावमा मिथुन राशि हुने गर्दछ । यी जातको लागि लक्ष्मी काली दुर्गा वा गणेश भगवानको उपासना उत्तम र फलदायक हुन्छ ।

वृश्चिक लग्न : यस लग्नको प्रथम भावमा वुश्चिक राशि ,पंचमा भावमा मीन राशि वा नवम भावमा कर्कट राशि हुने गर्दछ । यी जातको लागि हनुमान, विष्णु तथा शिव भगवानको उपासना उत्तम र फलदायक हुन्छ ।

धनु लग्न : यस लग्नको प्रथम भावमा धनु राशि,पंचमा भावमा मेष राशि वा नवम भावमा सिंह राशि हुने गर्दछ । यी जातको लागि हनुमान, विष्णु सूर्य वा श्री रामको उपासना उत्तम र फलदायक हुन्छ।

मकर लग्न : यस लग्नको प्रथम भावमा मकर राशि,पंचमा भावमा वृष राशि वा नवम भावमा कन्या राशि हुने गर्दछ । यी जातको लागि शनि देव,हनुमान,माता दुर्गा लक्ष्मी वा गणेशश उपासना उत्तम र फलदायक हुन्छ।

कुम्भ लग्न : यस लग्नको प्रथम भावमा कुम्भ राशि,पंचमा भावमा मिथुन राशि वा नवम भावमा तुला राशि हुने गर्दछ । यी जातको लागि शनि देव,माता काली गणेश ,माता दुर्गा तथा माता लक्ष्मीको उपासना उत्तम र फलदायक हुन्छ।

मीन लग्न : यस लग्नको प्रथम भावमा वुष राशि ,पंचमा भावमा कन्या राशि वा नवम भावमा मकर राशि हुने गर्दछ । यी जातको लागि माता लक्ष्मी गणेश वा माता दुर्गाको उपासना उत्तम र फलदायक हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah