काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार विहान ८ बजे बैठक बोलाएको माओवादीको स्थायी समिति सदस्य एवं उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री पम्फा भुसालले जानकारी दिइन्।

बैठकमा आगामी राष्ट्रिय सम्मेलन, केन्द्रीय पदाधिकारी, सम्मेलनमा पेस हुने दस्तावेज लगायत राष्ट्रिय सम्मेलनमा केन्द्रीत भई छलफल हुने बताइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा केन्द्रीय पदाधिकारीको खाका पेस गर्न देव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाएको छ। कार्यदलले केन्द्रीय पदाधिकारीको खाका विषयमा समेत प्रतिवेदन पेस गर्ने बताएको छ। यस्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सम्मेलनमा पेस हुने दस्तावेजका विषयमा समेत स्थायी समितिमा जानकारी गराउने छन्।

स्थायी समिति सदस्यको सुझावका आधारमा दस्तावेज सम्मेलनमा पेस हुने भएको छ। माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा पुस ११ गते सुरु हुँदै छ।