बागमती प्रदेशको प्रदेशसभा बैठक नेकपा एमालेले आज पनि अवरुद्ध गरेको छ। बुधवार पहिलो दिन बैठक अवरुद्ध गरेको एमालेले आज पनि बैठक अवरुद्ध गरेको हो।

बैठक सुरु भए लगतै नेकपा एमालेका सांसदहरू उठेर विरोध जनाएका थिए। बैठकमा सांसद केशव पाण्डेले नेकपा एमालेले बुधवार उठाएका प्रश्नहरूको जवाफ नदिएसम्म संसद् चल्न नसक्ने बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले बिहीबार प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन, प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, र केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पेस गर्ने कार्यसूची रहेको जानकारी गराएका थिए।

तर मुख्यमन्त्री राजेन्द्र पाण्डेले एमालेले उठाएका प्रश्नको जवाफ नदिएसम्म संसद् अवरुद्ध जारी रहने बताए। सभामुख श्रेष्ठले प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका छन्।