हिन्दुधर्म अनुसार सोह्र श्राद्ध भनेको आफ्नो पितृहरुलाई श्रद्धापूर्व सम्झदैं पुजा गर्ने समय मानिन्छ। सोह्र श्राद्धमा श्राद्ध गर्नाले पितृले मुक्ती र शान्ति पाउने पनि विश्वास रहेको पाईन्छ । हिन्दुधर्मको चलनमा कतिपय मानिसहरुले आफ्नो पितृको तस्बिर पुजा कोठामा भगवानको तस्बिर नजिक वा सँगै राखेर पुजा गर्ने गर्छन् ।
वास्तुशास्त्रका अनुसार पितृको तस्विर पुजा कोठामा झुन्ड्याउनु हुँदैन। साथै भगवानको मुर्ति अथवा तस्विर नजिक राखी पुजा गर्नु असुभ मानिन्छ हिन्दु धर्मअनुसार मानिसको मृत्युपछि उसको आत्माले शरीर छोड्ने र अर्को शरीरमा प्रवेस गर्ने गर्छ। र आत्मा अमर रहने भएकाले पुजा गर्नु उचित ठानिन्छ।तर वास्तुशास्त्रको अनुसार भगवानको न जन्म न मृत्यु नै हुन्छ। त्यसैले राखेर पुजा गर्नु भगवानको निन्दा गर्नु हो भन्छ। किनकि भगवान् सँगै राखेर मृत व्यक्तिलाई पूजा गर्नु त भगवानकै निन्दा हो।यदी कसैले पितृको तस्बिर र भगवानको तस्बिर संगै राखेर पुजा गर्छन् भने परिवारमा अशान्ति, दुर्भाग्य र आर्थिक संकट आउने छ । त्येसैले पूजा कोठा उत्तरपूर्व दिशामा राखी पुजा गर्नुपर्छ र पितृको तस्विर पुजा कोठा भन्दा बाहिर राखे उचित हुनेछ ।
यसैगरी वास्तुशास्त्रका अनुसार दम्पतीबिचको सम्बन्ध प्रगाढ नहुनुको कारणबारे बताएको छ। वास्तुदोषले दम्पतीबिचमा मात्र नभएर परिवार, समाज र आफन्तहरुबिचमा पनि सम्ब’न्ध राम्रो हुन सक्दैन् । सुत्ने कोठाको बारेमा केहि नियमको पालना गरेमा यस्ता सम’स्या हल भएर जानेछ बेडरुम:वास्तुशास्त्रको अनुसार सम्बन्ध राम्रो बनाउनको लागी बेडरुम दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशातर्फ हुनुपर्दछ । यदि तपाईको उक्त दिशामा बेडरुम छैन् भने यहि कारणले पनि सम्बन्ध बिग्रि’एको हुनसक्दछ । उत्तर पूर्व वा दक्षिण पूर्व दिशामा रहेको कोठोलाई भने बेडरुम नबनाउनु होला ।
सुत्ने दिशा;विवाहित जोडिहरुले जहिले पनि दक्षिण तर्फ टाउँको देखाएर सुत्नुपर्दछ, किनकि दक्षिणतर्फ टाउँको देखाई सुत्नाले यसतर्फबाट सकारात्मक चुम्बकीय उर्जा पाइन्छ, जसबाट निन्दा, उर्जा, रक्त’सञ्चारमा कुनैपनि किसिमको असर पुग्दैन् ।ऐना:बेडरुमको ठिक अगाडी वास्तुशास्त्रमा ऐना राख्न नहुने कुरा बताइएको छ । यदि सुत्ने कोठाको बेडको अगाडी ऐना छ भने प्रतिबिम्ब देखिने कारणले यसले अस’र गर्दछ । जसको कारण दम्पतीमा धेरै स’मस्या उत्पन्न हुनसक्छ।
बेड:सुत्ने बेड कहिले पनि मेटल वा फलामबाट बनेको हुनु हदैन् । यदि यस्तो बेडमा सुतेमा दम्पती बिच *तना’व सिर्जना हुनसक्छ तसर्थ काठको बेडको प्रयोग गर्नुपर्दछ, जुन सहि आकारको हुन पनि जरुरी छ सुत्ने कोठाको रंग:कोठाको रंगले पनि दम्पतीमा अस’र गर्ने कुरा वास्तु शास्त्रले बताएको छ । बेडरुममा सधैं हल्का रंगको प्रयोग गर्नुहोस् । जस्तैः हल्का निलो, हरियो वा गुलाबी रंग ।
कता सुत्ने:दम्पती आफू जता मनलाग्यो त्यतै साइडमा सल्लाह गरेर सुत्ने गर्दछन् । तर वास्तुशास्त्रको अनुसार श्रीमती जहिले पनि बायाँ साइडमा सुत्ने गर्नुपर्दछ भने श्रीमान् दाया साइडमा सुत्नुपर्दछ । यसले सम्बन्धलाई समुधुर बनाउँछ ।डस्ना:अंधिकाश दम्पतीको दुईवटा डस्नाको प्रयोग गर्ने बानी हुन्छ, शास्त्रमा एउटा बेडमा एउटा मात्र डस्ना प्रयोग गर्नुपर्छ । यसो गर्नाले विवाहित जोडिमा सकारात्मक उर्जा ल्याई सम्बन्ध प्रगाढ बनाइदिन्छ ।



