नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएको छ।
भोलि (पुस ११) देखि काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले प्रतिनिधिको संख्या १ हजार ६ सय ३१ पुर्याएको हो। यसअघि यो संख्या १ हजार ५ सय ३३ थियो।
शुक्रबार केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नियमित प्रक्रियाबाट आउने प्रतिनिधिको संख्या १ हजार ४ सय ८३ को १० प्रतिशत मनोनयन गर्ने निर्णय गरेको हो। यसअघि ५ प्रतिशत मात्र मनोनयन गर्ने भनिएको थियो।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार १ सय ४८ जना प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।