एजेन्सी । विश्वभर विद्युतीय सवारी साधनको प्रवर्द्धनमा धेरै काम भइरहेको छ । सन २०२१ मा वर्ष चार पाङ्ग्रे विद्युतीय सवारीदेखि ईभी स्कुटर र बाइकले पहिलो दिनदेखि नै मानिसको ध्यानमा आकर्षण बढाएको छ । विश्वभरी ४० भन्दा बढी विद्युतीय (ईभी) सवारी साधन २०२१ मा मात्रै लन्च भएका छन् ।  यो वर्ष सार्वजनिक भएका उत्कृष्ट १३ विद्युतीय सवारी साधनहरु धेरै चर्चामा रहेका छन् ।

विश्वभर गाडी निर्माताले आफ्नो कामदार कटौतीदेखि उत्पादन घटाएका छन् । सन् २०२१ भनेको विद्युतीय साधन विकासमा धेरै कुरा नयाँ खोज र प्रयोग गरिरहेका छन । अधिकांश ठूला कार उत्पादक कम्पनीहरु विद्युतीय गाडी उत्पादनको लक्ष्य निर्धारणमा व्यस्थ रहे ।

विश्वभर सन् २०२० मा ७ लाख २० हजार कार चोरी भएसँगै कम्पनीहरुले चोर पत्ता लगाउने सफ्टवयर निर्माण गरेका छन् । यो सफ्टवेयरको प्रयोग २०२१ भर चर्चामा रहेको छ । ‘इनोभेटीभ व्यूल्ट टेक्नोलोजी’मा आधारित यो सफ्टवयरको प्रयोग कार उत्पादकहरुले सेक्यूरिटी फिचरको रुपमा प्रयोग गरेका छन् । किया यूभिओ, हुन्डाई व्लू लिंक, सुबरु स्टारलिंक, एमजी अनस्टार जस्ता नाम दिएर यसको प्रयोग भइरहेको छ ।

वायरलेस फोन चार्जरलाई अहिले पनि लग्जरी फिचरको रुपमा लिने गरिन्छ । तर, यसको प्रयोग व्यापक बन्दै गएको छ । कम्पनीहरुले ५० लाख माथि मूल्य रहेका कारमा यो फिचर उपलब्ध गराउन थालेका छन् । सन् २०२१ मा बनेका धेरै कारमा वायरलेस चार्जर सुविधा प्रदान गरिएको छ ।

सन् २०२१ मा चर्चामा रहेको टेक्नोलोजी फिचर मध्येको एक टिन ड्राइभ टेक्नोलोजी हो । नयाँ युवा चालकको लागि सहयोगी हुने यसको प्रयोग जनरल मोटर्सले गरेको हो । यसले विभिन्न जानकारी दिनुको साथै, गाडी चलाउँदा चालकलाई सचेत पनि गराउँछ ।

कनेक्टेड मोवाइल एप÷डिजिटल कीः मानिसको जीवनको अभिन्न अंग बनेको मोवाइल फोन र गाडीको मोवाइल एप जोड्न कम्पनीहरुले धेरै मिहिनेत गरेका थिए । सन् २०२१ मा यसको प्रयोग व्यापक भएको छ ।

गाडी, यात्रु र चालकको सुरक्षाको लागि कम्पनीहरुले नयाँ नयाँ सुरक्षा फिचर बनाइरहेका छन् । यस्तोमा नयाँ अटोमेटीक इमेर्जेन्सी ब्रेकिङ (एइबी) तयार गरेका छन् । यसले दुर्घटना न्यूनिकरणको लागि महत्वपूर्ण भूमिका निर्वाह हुने दाबी गरिएको छ ।

सन् २०२१ मा आएका अधिकांश प्रिमियम फिचर भएका कारमा एड्भान्स ड्राइभ एसिस्ट सिस्टमको प्रयोग गर्दै आएका छन् । एडप्टीभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, रिभर्स ब्रेक एसिस्ट जस्ता फिचर प्रयोग भएको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय