बिष्णुप्रसाद पोखरेल दमक/झापाको दमकमा बिद्यूत आपूर्ती सहज हुन अझै केहि समय लाग्ने बताईएको छ । ट्रान्सफर्मर बिग्रिएर समस्या भएको बताउदै ट्रान्सफरमर आउन १० दिनभन्दा बढि लाग्ने बिद्यूत प्राधिकरण श्रोतले बताएको छ ।
दमकमा बिद्यूत आपूर्तिमा समस्या भएपछि र लामो समयसम्म बिद्यूत काटिएपछि दमक नगरपालिकाका प्रमुख सहितको टोलीले कुलमान घिसिङलाइ नै भेटेर समस्या सामधानका लागि आग्रह गरेको थियो ।
घिसिङले करिब डेढसातासम्म लाग्ने बताएको जनाइएको छ । दमकलाइ तत्कालिन उर्जामन्त्री जनार्दन शर्मा र बिद्यूत प्राधिकरणका कार्यकारी प्रमुख घिसिङले लोडसेडिङ मुक्त घोषणा गरेका थिए । उनिहरुलाइ दमकबासीले नागरिक अभिनन्दन समेत गरेका थिए ।
बिद्यूत प्राधिकरण दमकले लोडसेडिङको तालिका सार्वजनिक गर्नका लागि माथिल्लो निकायमा अनुमति मागेपनि त्यो अनुमति नपाएको बिद्यूत प्राधिकरण दमकका एक कर्मचारीले बताएकाछन् ।लोडसेडिङमुक्त दमक तथा आसपासको क्षेत्र हावा गफमात्र भएको भन्दै त्यहि समयदेखि तिब्र आलोचना पनि भएको थियो । यद्यपि बिद्यूत पहिलाभन्दा धेरै सहज भएको थियो भने लोडसेडिङ धेरै नै घटेको थियो ।
बिद्यूत ट्रान्सफर बिग्रेका कारण कम क्षमता भएको ट्रान्सफरमरले काम चलाउदा बिद्यूत झ्पाप्पझ्याप्प हुने गरेकाले नयाँ ट्रान्सफरमर जडान हुनसाथ यो समस्या सामधान हुने पनि जनाईएको छ ।
लोडसेडिङका कारण किसानहरु पनि धेरै मारमा परेकाछन् । खडेरी लाग्दा मोटर चलाउन नपाएका कारण रोपेको धान र ब्याडमा रहेको बीउ काम नलाग्ने अवस्थामा पुगेको किासनहरु बताउछन् ।










