अहिलेको समयमा मकर राशिमा शनिको साढेसाती चलिरहेको छ। ज्योतिष शास्त्रका अनुसार सन २०२२ मा यस राशिमा तीन वटा ग्रह एकसाथ आगमन हुनेछ । मकर राशिमा सूर्य, शनि र बुधको आगमनले त्रिग्रही योग बन्नेछ। मकर राशिमा पहिले देखि नै शनिदेव विराजमान छन् । सन २०२२ जनवरी ५ मा बुध र १४ जनवरीमा सूर्य पनि मकर राशिमा प्रवेश गर्नेछ ।

यस त्रिग्रही योगले ४ राशिलाई सबैभन्दा बढी प्रभाव पर्ने भएको छ । जसका कारण यी राशिको जीवनमा विशेष परिवर्तन आउनेछ । जान्नुहोस् कुन-कुन राशिका व्यक्तिहरुमा त्रिग्रही योगको प्रभाव पर्नेछ ।

कन्या राशि

यस समयमा कन्या राशिका मानिसले खानपानमा विशेष ध्यान दिनु पर्ने हुन्छ । यस बाहेक पैसाको लेनदेनमा पनि सावधानी अपनाउनुहोला, साथै सवारी साधनको उपभोग गर्दा विशेष ध्यान दिनुपर्नेछ। दुर्घटनाको सम्भावना छ । साथै परिवारमा आमाबुवाको स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

तुला राशि

यो त्रिग्रही योगले तुला राशिका व्यक्तिहरुलाई अप्ठ्यारो स्थितिको सिर्जना हुन् सक्छ । यस त्रिग्रही योगको अशुभ प्रभावले मानसिक समस्याको सामना गर्नुपर्नेछ। साथै जीवनसाथीसँग आपसी मनमुटाब हुन सक्छ, धेरै होसियार हुनुपर्छ र प्रेम जीवनमा पनि समस्या आउन सक्छ।

धनु राशि

यस त्रिग्रही योगले धनु राशि भएका मानिसको दाम्पत्य जीवन सुखमय रहनेछ । तर स्वास्थ्य अवस्था समस्या हुन सक्छ। सन्तानको पक्षमा केही शुभ समाचार सुन्न पाउनुहुनेछ। परिवारमा सन्तानलाई विशेष ध्यान दिनु पर्नेछ ।

मकर राशि

यस राशि परिवर्तनको कारण बनेको त्रिग्रही योगका कारण मकर राशिको जीवनमा कठिन समय आउन सक्छ । कुनै पनि काममा सफलता पाउन निकै मिहिनेत गर्नुपर्नेछ । विद्यार्थी वर्गलाई पढाइमा मन लाग्ने छैन । साथै यस त्रिग्रही योगमा स्वास्थ्यको विशेष ख्याल गर्नु पर्ने देखिन्छ । यस साथै आर्थिक समस्याको सामना गर्नुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय