सनातन हिन्दू धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले प्रत्येक दिन जप्ने पनि गरेका छौँ । घरमा पूजा गर्दा होस् वा कुनै शुभ कार्य गर्दा होस् वा मन्दिरमा पुजारी व्राह्मणहरूले पूजा गर्दा ॐ भनेपछि मात्रै अन्य काम शुरु गर्छन् ।

तर के तपाईलाई यसको वास्तविक अर्थ थाहा छ ? यदि छैन भने आज हामी तपाईलाई त्यसको बारेमा जानकारी दिनेछौँ । संस्कृत शब्द ॐ तीन अक्षरबाट बनेको छ , त्यो हो अ उ म,, यसको अर्थ हिन्दू धर्मको ‘माण्डूक्य उपनीषद’मा उल्लेख गरिएको छ ।

केवल १२ मन्त्र भएको सबैभन्दा छोटो उपनीषद्को रचना ई.पू. ८०० सालमा ऋषिहरूले गरेको मानिन्छ ।‘अ’ अर्थात आदि, जसले व्रह्मलाई बुझाउँदछ ।‘उ’ अर्थात उन्नती, जसले विष्णुलाई चिनाउँदछ ।‘म’ अर्थात मृत्यु, जसले महेश्वरलाई बुझाउँदछ ।यस उपनीषदमा ॐ शब्दलाई सबै मन्त्र तथा वेदको आधारभूत इकाई मानिएको छ , जसले स्वयं परमव्रह्मा (सिंगो र केवल एक) र सारा व्रह्माण्डलाई जनाउँदछ ।

विश्व एवम् भूत,वर्तमान र भविष्य काल तथा यिनीहरूभन्दा पर जो नित्य तत्व सर्वत्र व्याप्त छ , त्यो नै ॐ हो । यो सबै व्रह्म हो र यो आत्मा पनि व्रह्म हो ।ॐ ले आत्माको अभिव्यक्तिको चार अवस्थालाई जनाउँदछ , जसलाई ‘चतुष्पाद’ भनिन्छ (जाग्रत, स्वप्न, सुषुप्ति र तुरीय) ।

१. ‘जाग्रत‘ अवस्थाको आत्मालाई ‘वैश्वानर’ भनिन्छ । यसलाई बिउँझिएको अवस्था भन्न सकिन्छ , जहाँ केवल वाह्य संसारको अनुभूती गर्न सकिन्छ ।

२. ‘स्वप्न’ अवस्थाको आत्मालाई ‘तेजस’ भनिन्छ । यसलाई तन्द्रा अवस्था पनि भन्न सकिन्छ , जहाँ सपना अर्थात भौतिक संसारभन्दा भिन्नै दुनियाँको अनुभूती गर्न सकिन्छ ,जहाँ मन प्रफुल्ल रहन्छ र शरीरभित्रै भोग गर्न थाल्छ ।

३. ‘सुषुप्ति’ अवस्थाको आत्मालाई ‘प्रज्ञ’ भनिन्छ । यसलाई प्रगाढ निन्द्राको रूपमा लिन सकिन्छ, जहाँ आनन्दमय ज्ञानको स्वरूप प्राप्त गर्न सकिन्छ , जहाँ इच्छा लोप हुन्छ र सर्वेश्वर,सर्वज्ञ तथा अन्तर्यामी ज्ञानको अनुभूती हुन्छ ।

४. तथापी, उपर्युक्त तीन अवस्थाहरूभन्दा पर रहेको आत्माको चतुर्थ पाद अर्थात ‘तुरीय’ अवस्था नै उसको सच्चा र अन्तिम स्वरूप हो, जसमा ऊ न जाग्रत हुन्छ , न स्वप्न हुन्छ , न त सुषुप्ति नै । त्यहाँ केवल शान्त अनि परमज्ञान हुन्छ र त्यसैलाई ॐ भनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah