हङकङ, चीनले आफ्नो सीमा क्षेत्रमा रहेको भारतीय सैनिक तत्काल फिर्ता गर्न पुनः चेतावनी दिएको छ । सिक्किम सीमा क्षेत्रमा जारी १५ हप्तादेखिको विवादका बारेमा विदेशी कुटनीतिज्ञहरुलाई जानकारी गराएको केही समयपछि चीनले भारतलाई तत्काल अवस्थाको गम्भीरता बुझ्न भनेको हो ।

“भारतले हाम्रो सीमामा अवैधरुपमा प्रवेश गरेका सेनाहरुलाई तत्काल फिर्ता गरोस्, यो नहुँदासम्म सीमा विवाद हल हुन्न ।” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले नियमित प्रेस सम्मेलनमा भने, “धैर्यताको पनि सीमा हुन्छ, तत्काल गम्भीरता नदेखाए भारतले जस्तोसुकै परिणामका लागि पनि तयार हुनुपर्छ ।”

चीनले बुधबार मात्रै तिब्बत र सिक्किमसँग जोडिएको सीमा क्षेत्रमा युद्द अभ्यास गरेको छ । सैन्य क्षमता निखार्न यो अभ्यास गरिएको मिडियाहरुले जनाएका छन् । यसअघि चीनले उक्त क्षेत्रमा सैन्य बन्दोबस्तीका सामान ओसारेको थियो ।

चुलिएको तनावलाई भारतले गम्भीरतापूर्वक नलिने अवस्थामा यो क्षेत्रमा युद्द हुने संकेत देखिएको विश्लेषकहरुले बताएका छन् । यता भारतले भने चीनको चेतावनीलाई प्रोपोगान्डाकारुपमा लिएको छ । भारतले उक्त क्षेत्र आफ्नो सीमाभित्रै पर्ने दावी गरेको छ ।

सिक्किम सीमामा चीनसँग लडाई हुने अवस्थामा यसको सबैभन्दा ठूलो असर छिमेकी भुटान र त्यसपछि नेपाललाई पर्ने देखिन्छ । भारतले अमेरिका र जापानको सहयोग प्राप्त गर्ने भएपनि चीन अमेरिकाको जटिल सम्बन्धका कारण अमेरिकाले सोझै भारतलाई सहयोग गर्ने सम्भावना भने देखिँदैन । चीनले भने आफ्नो सीमाको रक्षाका लागि जस्तोसुकै कदम समेत चाल्न सक्ने बारम्बार बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah