दमक नगरपालिकाका सवै वडा कार्यालयहरुबाट सेवा शुरु भएको छ । बिहिबार नगरपालिकाका प्रमुख रोमनाथ ओलीले संयुक्त वडा कार्यालयको उद्घाटन गरेका हुन् ।
तत्कालका लागि नगरपालिका कार्यालयमानै संयुक्त वडा कार्यालय सञ्चालन गरिएको र एक महिना पछि स्थानीय स्तरबाटै सेवा शुरु गरिने प्रमुख ओलीले बताए । कार्यालय उद्घाटन पश्चात वडाध्यक्षहरुले पदभार पनि ग्रहण गरे ।



