काठमाडौं । पछिल्लो २४ घण्टामा २६४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ८ हजार ५३६ जनामा पीसीआर परीक्षण गरिएकोमा २४१ जनामा र ४ हजार ३० जनामा एन्टीजेन परीक्षण गर्दा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २६० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८८ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ४ हजार ९१० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय