हाल देशका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा र हिमपात भइरहेको हो ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात भइरहेको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।
आज राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ ।
बिहीबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।