कति केटी मानिसहरु सानो साना किरा र साङ्लादेखि डराउने गर्दछन्, सर्पको त कुरै छाडौँ । तर यो ठाउँमा केटीहरु सर्पद्धारा नै आफ्नो मसाज गराउने गर्दछन् ।

सायद पृथ्वीमा यो एक मात्र ठाउँ होला जहाँ केटीहरु मायाले सर्पलाई अँगाल्ने गर्दछन् । यो एक मात्र यस्तो ठाउँ जहाँ सर्पले मानिसहरुको मसाज गर्ने गर्दछ ।

जर्मनीको एक ब्यूटी पार्लरमा विश्वको कुनै पनि स्थानमा नपाइने खालको मसाजको सेवा पाइने गर्दछ । यो पार्लरमा अन्यत्रभन्दा फरक र स्पेशल मसाज मिल्ने गर्दछ । यस्तो मसाज दिने कर्मचारीको उमेर जम्मा १३ बर्ष रहेको छ । तर यो कुनै बाल मजददुरी नभई यो त सर्प मजदुरी हो ।

यो सर्पको नाम मोन्टी रहेको छ । यसले विश्वकै उत्कृष्ट मसाज दिने गर्दछ । यसको माग विश्वभरका कयौँ मुलुका व्यापक रुपमा रहेको छ । यसको माग यति धेरै छ कि यसका लागि केही समय पहिले नै अपोइन्टमेन्ट लिनुपर्ने हुन्छ ।

मोन्टी धेरै नै व्यवसायिक रहेको छ । यो हप्तामा दुईपटक मात्र काममा आउने गर्दछ । यति मात्र नभई यो तब मात्र अफिस आउने गर्दछ, जब कसैले उसका लागि अपोइन्टमेन्ट लिएको छ । अन्यथा यो काममा आउँदैन ।

हेयर स्टाइलिस्ट फोक डोहलरले यस सर्पलाई पालेका हुन् । उनले आफ्नो यस चार फुटिया पालतु जानावरको जर्मनीको ड्ेसड्ेनमा रहेको हार मोड टीम नामको सैलुनमा लिएर आएको केही दिनमा नै यो सेलिब्रेटी बनेको थियो । यसको मसाज गर्ने तरिका र मसाजबाट प्राप्त आनन्दका कारण जो कोही पनि उसको मसाजको मज्जा लिन चाहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय