काठमाडौं : मागभन्दा बढी आपूर्ति हुँदा पनि पछिल्लो समय बजारमा चिनीको मूल्य अस्वाभाविक रुपमा बढेको छ। उखु क्रसिङ हुने समयमा समेत चिनीको भाउ बढ्दो क्रममा छ।

विगतमा उखु क्रसिङको समयमा चिनीको मूल्य घट्ने गर्थ्यो। अहिले चिनी थोकमै किलोको ९५ रुपैयाँमा बिक्री भइरहेको छ। उपभोक्ताले चिनी अहिले किलोको सय रुपैयाँमा किन्नुपर्ने अवस्था आएको छ।

नेपाल वितरक संघले चिनीको खुद्रा मूल्य प्रतिकिलो एक सय  रुपैयाँभन्दा बढी पर्न थालेको जनाएको छ। सरकारी कम्पनीले चिनी आयात नगर्दा व्यापारीको मनोमानी बढेको हो। साल्ट ट्रेडिङले चाडपर्वका लागि चिनी आयात नगरेकोले मूल्यमा हस्तक्षेप हुन सकेन।

नेपाल खाद्य किराना व्यवसायी संघका महासचिव अमुलकाजी तुलाधरले उखु क्रसिङको समयमा चिनीको मूल्य बढ्नु आश्चर्यजनक भएको बताए।

‘चिनीको भाउ घट्नुपर्ने हो तर अहिले बढिरहेको छ। सरकारी निकायले समेत चिनीको मूल्यलाई वास्ता गर्न छाडेको छ,’ उनले भने। उनका अनुसार अहिले उपभोक्ताले किलोको ८५ देखि ९० रुपैयाँ किलोमा चिनी पाउनुपर्ने हो।

सामाखुशी गोर्खाली स्टोरका संचालक कृष्ण भट्टले चिनीको मूल्य घट्नुपर्नेमा बढिरहेको बताए। उनले सिजनको समयमा सबै खाद्यवस्तुको मूल्य घट्ने गरे पनि अहिले भने चिनीको मूल्य बढिरहेको बताए।

लागत खर्च बढ्दा चिनीको मूल्य बढेको उद्योगीहरुको जिकिर छ।

‘लागत बढेपछि उद्योगहरुले मूल्य घटाएर बेच्न नसक्ने स्थिति छ,’ नेपाल चिनी उत्पादन संघका अध्यक्ष शशीकान्त अग्रवालले भने, ‘उखु, श्रम, ढुवानी सबैमा लागत बढेको छ। त्यसको असर खुद्रा मूल्यसम्म परेको हो।’

आयात घट्दो 

अहिले चिनी आयात घट्न थालेको आयातकर्ता जीवन रिजालले बताए। अवैध रुपमा चिनी आउन थालेकोले आयात घटेको बताउँदै उनले वैध रुपमा ल्याएको चिनी बिक्री गर्न कठिन भइरहेको बताए।

‘भारतमा चिनीको मूल्य बढेको छैन। चोरी पैठारीबाट आएको चिनी अहिले विराटनगरमा खुद्रामै ८१ रुपैयाँ किलोमा पाइन्छ,’ रिजालले भने, ‘हामीले वैध रुपमा ल्याउँदा ८९ रुपैयाँदेखि ९० रुपैयाँ पर्छ। यस्तो अवस्थामा कसरी प्रतिस्पर्धा गर्ने?’

उनका अनुसार अहिले नेपाली चिनी नै ८५ रुपैयाँमा बिक्री गरिरहेका छन्। रिजालले उखु क्रसिङकै बेलामा चिनीको मूल्य महँगो भएकाले पछि झन् महँगो हुने जिकिर गरे। रिजालले  राष्ट्र बैंकले मार्जिन राख्नुपर्ने प्रावधानले चिनी आयातमा समस्या नहुने बताए।

कसरी बढ्छ स्वदेशी उत्पादन? 

लामो समयदेखि उद्योगी र उखु किसानबिच बक्यौता भुक्तानीको  समस्या अझैसम्म पूर्णरूपमा समाधान भइसकेको छैन। बेला बेला किसान भुक्तानी माग्दै काठमाडौंमा आउँछन्। सरकारले उद्योगीहरुलाई कारबाहीको चेतावनी दिन्छ। तत्कालका लागि केही रकम भुक्तानी हुने भएपछि किसान घर फिर्छन्। एक दशकदेखि यो समस्या छ।

यसको नतिजा उखु खेतीको क्षेत्रफल घटेको छ। कारखानाले अनुमति दिएर किसानले उखू खेती गर्ने चलन हो। अब खेती घट्दै जाँदा जतिमा किसान खुसी हुन्छन्, त्यतिमा उखु खरिद गरेर कच्चा पदार्थ पुर्‍याउन उद्योगी दबाबमा छन्।

यसले भविष्यमा अझै पनि स्वदेशी उद्योगको उत्पादन परिमाण घट्ने आकलन भइरहेको छ। उखु थोरै हुँदा क्रसिङ सिजन छोटो हुनुका साथै चिनी महँगो बेच्न दबाब पर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah