काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कार्बाही हुने बताएका छन् ।

तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोजित ‘छलफल कार्यक्रम’लाई बिहिबार सम्बोधन गर्दै उनले भने – “पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्नबाट बन्चित भएको छ ।”

सभापति देउवाले “निर्वाचनमा उम्मेदवारका आंकाक्षी धेरै हुनु स्वभाविक हो, तर आफूले टिकट पाएमात्र जितिन्छ भन्ने भ्रम पाल्नु हुँदैन,” भन्दै पार्टीभित्र अन्तर्घात गर्नेलाई अनुशासन समिति बनाएर तत्काल कार्बाही गर्ने स्पष्ट पारे।

आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन व्यक्तिगत स्वार्थ छोडी एक ढिक्का भएर लाग्न सबैलाई निर्देशन दिँदै उनले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका लागि डेढ महिनाअघि नै उम्मेदवार चयन गरिसक्ने जानकारी गराए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्पीडित जनतालाई अधिकार दिलाउन स्थानीय निर्वाचन अपरिहार्य भएको बताउँदै स्थानीय तहको आगामी निर्वाचनमा मधेस केन्द्रित दल पनि सहभागी हुने विश्वास व्यक्त गरे।

“मधेसको पक्ष र विपक्षमा को छ भन्ने प्रष्ट पार्नका लागि पनि संविधान संशोधन प्रस्ताव प्रक्रियामा अघि बढाउनुपर्दछ,” उनले भने – “पार्टीको गुटउपगुटभन्दा माथि उठेर टिकट वितरण गर्न सक्नुपर्छ ।”

नेता पौडेलले पार्टीका स्थानीय संयन्त्रबाटै टिकट वितरण प्रक्रिया टुङ्ग्याउनुपर्नेमा जोड दिदैं काँग्रेस मधेसबाटै जन्मिएको पार्टी हो, त्यसैले प्रदेश नं २ ले नै काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने विश्वास व्यक्त गरे।

महामन्त्री डा शशांक कोइरालाले काँग्रेस प्रदेश नं २ बाट पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्दै टिकट नपाएका असन्तुष्ट नेता कार्यकर्तालाई प्रदेश र संघको निर्वाचनमा व्यवस्थापन गर्न सकिने धारणा व्यक्त गरे।

कोषाध्यक्ष सीतादेवी यादवले संविधान संशोधन प्रस्ताव प्रक्रियामा अघि बढाउनुपर्ने बताउँदै अन्तिम समयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पनि संशोधनको पक्षमा मतदान गर्ने आशा व्यक्त गरिन् ।

नेता कृष्णप्रसाद सिटौलाले निर्वाचनमा गुटउपगुटका भन्दा पनि पार्टीले योग्य उम्मेदवार चयन गर्नुपर्ने सुझाव दिँदै संविधान संशोधन विधेयक प्रक्रियामा लैजान काँग्रेस तयार रहेको बताए। हाम्रा कुरा बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah