झापाको मेचीनगर नगरपालिकामा आज सम्पन्न नगर कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेले प्यानल नै जितेको छ । दलित तथा अल्पसंख्यक र महिला सदस्य गरेर ८ वटै पद एमालेले जितेको हो ।

दलित तथा अल्पसंख्यक सदस्य तर्फ नेकपा एमालेका कृष्ण कनालले ४८, टिकाराम सार्की ४७ र पुर्ण मेचेले ५० मत प्राप्त गर्दै विजयी हुनुभयो भने नेपाली कांग्रेसका उम्मेद्वारहरु कालु मेचे २९, ध्रुव कनाल ३० र शान्ती चौधरीले २७ मत प्राप्त गर्दै पराजित हुनुभएको छ ।

त्यसैगरी महिला सदस्य तर्फ नेकपा एमालेका कुसुम कुमारी चौधरी ५०, निर्मला परियार ५०, विन्दा प्रसाई ४८, रुपा गुरुङ्ग ४८ र लक्ष्मी पाख्रीनले ४९ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत इन्द्र अर्यालले जानकारी दिनुभयो ।

गत असार १४ गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित नगर प्रमुख र उपप्रमुख तथा वडा अध्यक्षहरु स्वत नगर कार्यपालिका सदस्य बन्ने व्यवस्था रहेको छ ।

यससँगै मेचीनगर नगरपालिकाको नगरकार्यपालिका २५ सदस्यीय बनेको छ भने गत असार १४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि र आज निर्वाचित नगर कार्यपालिका सदस्य सहित गरेर मेचीनगर नगरपालिकाको सभा ८० सदस्यीय बनेको छ ।

मेचीनगर नगरपालिकामा यसअघि नै एमालेले ४८, नेपाली कांग्रेसले २७ र माओवादी केन्द्रले २ सिट जितेका छन । जसमा ३० जना महिला प्रतिनिधि रहेका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah