सोमबार र मंगलबार लगातार ओरालो लागेको सेयर बजारमा बुधबार (आज) सामान्य सुधार आएको छ।
बुधबार पुँजीबजार मापक परिसूचक ‘नेप्से’ ५.५१ अंकले बढेर २५२४.५० विन्दुमा उक्लिएको छ। मंगलबार नेप्से ‍२.६६ अंकले घटेर २५१८.९९ विन्दुमा झरेको थियो।
साताको तेस्रो कारोबार दिन मंगलबार तीन अर्ब १२ करोड ५५ लाख ७५ हजार रुपैयाँको मात्र कारोबार सेयर बजारमा साताको चौथो कारोबार दिन आज तीन अर्ब ६२ करोड ६४ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कूल २२८ वटा कम्पनीका ५६ लाख ३८ हजार २७९ कित्ता सेयर किनबेच भएका छन्। यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज सामान्य बढेको छ। बुधबार यस्तो सूचक ०.२६ अंकले बढेर ४७१.२४ विन्दुमा उक्लिएको छ।
आज कारोबारमा आएको दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज मध्य भोटेकोशी जलविद्युत कम्पनी र नेपाल बंगलादेश बैंकको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
आज सबैभन्दा धेरै गुमाउने नारायणी विकास बैंकका सेयर लगानीकर्ता रहेका छन्। यस बैंकका लगानीकर्ताले आज ३.३९ प्रतिशतले गुमाएका छन्। बुधबार कारोबारमा आएका १३ समूहमध्ये पाँच समूहको सेयर मूल्य घटेको छ। बाँकी समूहको सेयर मूल्य उकालो लागेको जानकारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah