Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????

सिटिईभिटी परीक्षा शाखाका उपनियन्त्रक कोइरालालाई अखिल क्रान्तिकारी दल्यो कालोमोसो

सवाल नेपाल
सवाल नेपालसंवाददाताबिहीबार, ४ साउन २०७४
विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम मुख्य ब्यानर
सिटिईभिटी परीक्षा शाखाका उपनियन्त्रक कोइरालालाई अखिल क्रान्तिकारी दल्यो कालोमोसो
सिटिईभिटी परीक्षा शाखाका उपनियन्त्रक कोइरालालाई अखिल क्रान्तिकारी दल्यो कालोमोसो
विज्ञापन (ADVERTISEMENT)नमस्ते एप डाउनलोड गर्नुहोस्

काठमाडौं । अखिल क्रान्तिकारीले प्राबिधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषद (सिटिइभिटी) का परीक्षा शाखाका उपनियन्त्रक नवराज कोइरालालाई कालोमोसो दलेको छ ।

प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै विद्यार्थीबाट मोटो रकम उठाउँदै गरेको, प्रश्‍नपत्र बेचेको, परीक्षा केन्द्र बनाइदिने भन्दै निजि कलेजहरुसँग रकम उठाइरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले विहीबार दिउँसो कार्यकक्षमै कालोमोसो दलेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा कोइरालामाथि ६ अारोप लगाइएका छन् ।

कोइरालामाथि लागेका अारोप यस्ता छन‍् 

१. विगत केही वर्षदेखि शैक्षिक दलालहरुसँग प्रश्नपत्र किनबेच गरेर ठूलो पैसाको चलखेलमा संलग्न रहेको । २. शैक्षिक दलालहरुसँग मिलेमतोमा परीक्षा केन्द्रहरु निर्धारण गरेको । ३. विद्यार्थीको नाम निकालेदिने भन्दै विभिन्न ठाउँबाट पैसा असुली गर्ने गरोह परिचालन गरेको । ४. रिजल्ट तथा परीक्षा शैक्षिक दलालका कारण समयमै हुन नसकेको । ५. केही भ्रष्ट गिरोहसँग मिलेर छात्रवृत्तिमा नाम निकाल्ने तथा रिजल्टमा कमिसन खाने गरेको । ६. परीक्षामा चरम लापरवाही गरेको र नीतिगत, आर्थिक भ्रष्टाचार गरेको ।

अँन लाइन डबली बाट साभार गरिएको 

यो समाचार शेयर गर्नुहोस्:

प्रतिक्रियाहरू0

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।