दमक/झापाको दमक नगरपालिकाको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसभित्र पार्टीका जिम्मेवार नेताहरुबाट नै अन्र्तघात भएको उम्मेदवारहरुले बताएपछि यसले वडा समितिमा पनि बहस शुरु भएको छ ।

एक नगर समितिका सदस्यका अनुसार आधाभन्दा बढि वडा सभापतिहरुले राजिनामा सम्मको मुड बनाएकाछन् भने पराजित उम्मेदवारहरुले न्यायका लागि गुहार मागिरहेकाछन् ।

हार र जित स्वभाविक भएपनि लज्जाश्पद हारको कारण पत्ता नलगाए फेरी आउदा दिनमा भने यस प्रकरका घटना हुने भन्दै यसको सुक्ष्म रुपमा छानबिन भएर दोषीमाथि कार्वाही गर्ने पक्षमा नगर प्रमुखको उम्मेदवार समेत रहेका क्षेत्रिय सभापति ढुण्डिराज भण्डारी रहेकाछन् । उनलाइ अधिकाँश वडा सभापति र पराजित उम्मेदवारहरुले साथ दिएकाछन् ।

भण्डारीले परिणाम आएपछि पत्रकार सम्मेलन गरेर नै अन्र्तघात गर्ने पार्टीका लागि क्यान्सर रोग बनेर केहि महाअधिवेसन प्रतिनिधि र महासमिति सदस्यहरु रहेको भन्दै कार्वाहीका लागि खुट्टा नकमाइ अघि बढ्ने बताएका थिए । त्यसलगत्तै वडासमितिहरुले अन्र्तघात गर्ने ब्याक्तिहरुको नाम लिस्ट तयार बनाएर बसेको बताइन्छ ।

वाड समितिले कार्वाहीका लागि भनिएका नामहरु नगर समितिका सदस्यहरुदेखि लिएर महाअधिवेसन प्रतिनिधि र महासमिति सदस्यसम्म रहेकाले अहिले यसले बिबाद सिर्जना गरेको एक वाड सभापतिले बताए ।

उनका अनुसार खुलमखुल्ला रुपमा कार्वाही गर्न चेतावनी दिने अन्र्तरघातीहरुबाट नै पार्टीका कतिपय जिम्मेवार नेताहरु नै डराएकाछन् ।

 

फोटो काँग्रेसको एक कार्यक्रममा खिचिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah