भक्तपुर – भक्तपुर मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा गएराति कार दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् ।

भक्तपुरबाट काठमाण्डाै जाँदै गरेकाे वाग्मती ४ च.५७६ नम्बरको कारले डिभाइडरमा ठाेक्किएर अर्काे बस र ट्याक्सीलाई ठक्कर दिँदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा कारमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका-१५ घर भइ काठमाण्डाै शान्तिनगर बस्दै आएका अभिषेक साहकाे ज्यान गएकाे महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । उहाँकाे उपचारका क्रममा नागरिक अस्पताल गठ्ठाघरमा ज्यान गएकाे हाे ।

गम्भीर घाइते भएका कार चालक सिन्धुली कमलामाई नगरपालिका–१२ का २५ वर्षीय सविन घिसिङको मध्यपुर अस्पतालमा उपचार भइरहेकाे छ । अर्का घाइते ट्याक्सी चालक रामेछाप मन्थली नगरपालिका–१२ घर भइ ललितपुर टीकाथली बस्ने ३२ वर्षीय भीमसेन खत्री भने गएराति उपचार पछि घर फर्किनुभएकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah