काठमाडौँ: नेपालको मौलिकतालाई जोगाउन बिगत लामो समयदेखि विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले 'नेपाल फेशननिस्टा २०२२' गर्ने भएको छ । यही माघ १ अर्थात् जनवरी १५ तारिखका दिन पोखरामा हुन लागेको फेशननिस्टामा चर्चित मोडलहरुले सहभागिता जनाउने छन् । सेलिब्रेटी र मोडलहरु विभिन्न फेसनका डिजाइन याम्पमा प्रस्तुत हुने हुने फेशननिस्टामा नायिका निता ढुंगाना ,मोडेल तथा नृत्याङगना एन्जल श्रेष्ठ,सन्तोष अधिकारी , दिपक घिमिरे ,दिक्पाल कार्की आकर्षक डिजाइन याम्पमा प्रस्तुत हुने छन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विभिन्न समुदायका पहिरनलाई कलाका माध्यम प्रचारप्रसार गर्ने उद्देश्य स्वरुप एएसएपी हरेक वर्ष फेशन‘द हेरिटेज’ नामक फेसन शो गरेर नेपाली सामाजमा आफ्नो छुट्टै छाप छोडेको छ । यसअघि २०१९ मा अस्ट्रेलियाको सिड्नीमा ‘सिड्नी फेशनिस्टा–२०१९’ आयोजना गरेको एएसएपी इन्टरटेन्मेन्ट माघ १ मा पोखरामा गरिने कार्यक्रम निकै भब्य र सब्य रुपमा सम्पन्न गर्न लागिपरिरहेको छ । सुपी रसाइली, तेजमाया पुन ,सम्झना गुरुङ को ड्रेस डिजाइन रहने 'नेपाल फेशननिस्टा २०२२' अफिसियल कोरियोग्राफीमा दिक्पाल कार्की रहने छन् भने कार्यक्रम भिजे प्रियारानी लामाले संचालन गर्ने छिन |