सागर श्रेष्ठ, काठमाडौं,५ साउन । राजपा नेपालले भर्खरै पाएको चुनाव चिन्ह छाता पाउने की नपाउने अझै अन्योलता बढेको छ ।

न्यूज अभियानसँग कुरा गर्दै जनशक्ति नेपाल पार्टीका अध्यक्ष रामकुमार ओझाले पहिले नै आँफुले छाता चुनाव चिन्ह पाई सकेको दावी गर्नुभएको छ ।

उहाँका अनुसार निर्वाचन आयोग  कार्यालयमा दर्ता भई का.जि .का.म.न.पा.वडा नं.१० मा कार्यालय रही हाल का.जि .का.म.न.पा.वडा नं ३१ म केन्द्रिय कार्यालय रहेको जनता दल नेपाल हाल जनशक्ति नेपाल रहेको जानकारी दिनु भएको छ ।

उहाँहरुको पार्टी जनशक्ति नेपालले सर्वोच्च अदालतमा चढाएको रिट यस्तो छ ।

श्री सर्वोच्च अदालत रामशाहपथमा चढाएको
निवेदन–पत्र

विषयः–  उत्प्रेषण, प्रतिषेध,परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरिपाऊँ ।

निर्वाचन आयोग कार्यालयमा दर्ता भई का.जि. का.म.न.पा. वडा नं.१० मा कार्यालय रही हाल का.जि.का.म.पा वडा नं ३१ म केन्द्रिय कार्यालय रहेको जनता दल नेपाल हाल जनशक्ति नेपाल पार्टीका अख्तियार प्राप्त अध्यक्ष ऐ.ऐ. बस्ने वर्ष ५५ को रामकुमार ओझा  पक्ष
निवेदक

विरुद्ध
का.जि.कान्तिपथबहादुर भवन स्थित निर्वाचन आयोग केन्द्रिय कार्यालय ४२२८६६३====!
का.जि.का.म.पा वडा नं १० बिजुली बजारमा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय जनता पार्टी नेपाल………………………………………………………………………………………………….१
ऐ.ऐ. पार्टीका संयोजक महन्थ ठाकुर मो.नं ९८५१०–०६६६६…………………………………..१
ऐ.ऐ. पार्टीका अध्यक्ष मण्डलको सदस्य राजेन्द्र महतो मो.नं ९८५१०–६००३०……………..१
ऐ.ऐ. पार्टीका अध्यक्ष मण्डलको सदस्य शरद सिंह भण्डारी मो.नं ९८५११–१४०२०……….१
पार्टीका अध्यक्ष मण्डलको सदस्य राज किशोर यादव………………………………………..१
पार्टीका अध्यक्ष मण्डलको सदस्य महेन्द्र राय यादव…………………………………………१
पार्टीका अध्यक्ष मण्डलको सदस्य अनिल कुमार झा……………………………………………१ विपक्षी
प्रत्यर्थी

मुद्दाः– उत्प्रेषण समेत
म निवेदक सर्वोच्च अदालत नियमावली २०४९ बमोजिम लाग्ने दस्तुर यसै साथ राखी नेपालको संविधानको धारा १७ (२)ग ,४६, १३३ बमोजिम नागरिक अधिकार ऐन, २०१२ को दफा ६ (३) तथा १७ (२) नं. राजनैतिक दल सम्बन्धि ऐन २०७३ को दफा ४, ६,९ एवम्   न्याय प्रशासन ऐन, २०७२ को दफा ९ समेतको आधारमा निम्नलिखित निवेदन गर्दछु ।

१.निवेदनको संक्षिप्त व्यहोरा-
क. निवेदक तत्कालीन नेपालको अन्तरिम संबिधान २०६३ को धारा १४२ र (हालको नेपालको संविधानको धारा २६९ बमोजिम ) मिती २०७०÷२÷५ गते जनता दल नेपालको नामले दर्ता गरी मिती २०७०÷२÷१६ दर्ता नं १०६, निवेदन दिइ आयोगको निर्णय अनुसार ,चुनाव चिन्ह याक लिई यो पार्टी दोश्रो संविधान सभा निर्वाचनका लागि विपक्षी आयोगले प्रकाशित गरेको दल दर्ताको सुचनाको उच्च कदर गर्दै मिती २०७०÷२÷१६ गते निवेदन दिई सोहि बमोजिम विपक्षी आयोगबाट मिती २०७०÷४÷१० गतेको निर्णयानुसार जनता दल नेपाल लाई ततकालिन नेपालको अन्तरीम संविधान २०६३ को धारा १४२ र ततकालिन निर्वाचन आयोग ऐन २०६३ को दफा २० (१) तथा राजनैतिक दल दर्ता नियमावली २०६३ को नियम १३(२) बमोजिम दर्ता गरी संविधान सभा सदस्य निर्वाचन अध्यादेश २०७० को दफा ३१ एवं संबिधान सभा सदस्य निर्वाचन नियमावली २०७० को नियम १९ बमोजिम चुनाव चिन्ह याक प्रदान गरिएको थियो । साथै मिती २०७०÷६÷१४ मा विपक्षी कार्यालयबाट निवेदक दल संविधान सभा सदस्यको समानुपातीक निर्वाचनप्रणाली अन्तर्गतको निर्वाचनमा भाग लिन क्रमसंख्या ४३ मा दर्ता रहेको पत्र समेत प्राप्त गरी निर्वाचनमा सहभागी भई नेपाली जनताको चाहना अनुसार सम्मानजनक मत प्राप्त गरेको दल हो ।

ख. यसरी उल्लेखित प्रकृया बमोजिम स्थापित साविक जनता दल नेपालको पार्टीको नाम ,झण्डा र चुनाव चिनह समेत परिवर्तन गर्नका लागि अशोक राईले नेतृत्व गरेको संघिय समाजवादी पार्टी मिती २०७२÷२÷३२ गते संघिय समाजवादी फोरम पार्टी एक भई खाली रहेको छाता चुनाव चिन्ह राख्ने मनसायले मिती २०७३÷५÷४ गतेको राष्ट्रिय भेलाको निर्णयानुसार मिती २०७३÷५÷१९ कार्यसमितीको बैठकले साविक पार्टीको बिधान २०७० को धारा ६ को ७(क) अन्तर्गत पार्टीको नाम जनशक्ति नेपाल कायम गरी संविधानको धारा २६९ बमोजिम प्रस्तावित नाम, बिधान, नियमावली, झण्डा, छाप र चुनाव चिन्ह छाता समेत दिलाई पाउन विपक्षी आयोग समक्ष मिती २०७३÷५÷२१ गते अभिलेख सुचिकृत गरीपाउ भनी दर्ता नं ७४८ को निवेदन दर्ता गरेको र तत्कालीन राजनैतिक दल सम्बन्धि ऐन २०५८ को दफा १०(ख) बमोजिम केन्द्रिय कार्य समिती हेरफेर भएकाले सो को समेत जानकारी गराउनुपर्ने भएकाले परिवर्तित कार्यसमितीको जानकारी गराउदा पनि प्रस्तावित नयाँ झण्डा र छाप सहित मिती २०७३÷७÷२९ गते दर्ता नं १८५८ मा निवेदन दर्ता गरि आएका थियौं ।

ग. विपक्षी आयोगबाट मिती २०७३÷११÷२८ गते म निवेदक समेत ३ दललाई बैठक नं १०२ को निर्णय नं ४ बमोजिम हामो माग बमोजिम केन्द्रिय कार्य समिती हेरफेर ,बिधान संसोधन,झण्डा संशोधन र दलको नाम समेत परिवर्तन भएको तर चिन्हको हकमा पुरानो संघिय समाजवादी पार्टी एकिकरण भएको एक वर्ष पुरा भएपश्चात वा राष्ट्रिय चुनाव भएको बेलामा निवेदक पार्टीले नै पाउने निर्णय हुने गरी तपाँईहरुले दिएको निवेदन बमोजिम छाता चुनाव चिन्ह सुरक्षित Reservation मा राखिएको छ भनी मौखिक आश्वासन दिई हाम्रो पार्टीको झण्डा र छाप भित्र छाता चिन्ह अभिलेख गरी उक्त मितीदेखि सोहि बमोजिमको छाप र झण्डा  निवेदक पार्टीले प्रयोगमा ल्याई स्थानिय तहको निर्वाचनमा सोहि बमोजिम पत्राचार गरी विभिन्न जिल्लामा उम्मेदवार चयन गरी आउदो तेश्रो चरणको निर्वाचनमा समेत छाता अंकित झण्डा र छाता अंकित छाप मार्फत पार्टीको प्चार प्रसार गरी विभिन्न राजनैतिक गतिविधीहरु सञ्चालन गरी आएको जिम्मेवार राजनैतिक पार्टी भएको कुरामा विवाद छैन ।

२. यसरी कानुन बमोजिम विपक्षी आयोगले संशोधन गरी हामीलाई प्राप्त भएको झण्डा लोगो समेतमा उल्लेखित छाता चुनाव चिन्ह र सोहि लोगो राखी माथिल्लो भागमा रातो विचमा सेतो र तल हरियो रङमा विचमा हाम्रो पार्टीले प्रयोग गरी आएको छाता चुनाव चिन्ह राखि मिती २०७४÷१÷७ गते ६ राजनैतिक दल एक ठाउमा भनी मिती २०७४÷१÷८ गतेको राष्ट्रिय दैनिक पत्रिका कान्तिपुरमा समाचार प्रकाशन भएपछि निवेदक दलको गम्भीर ध्यानाकर्षण भएकाले विपक्षी निर्वाचन आयोग समक्ष चुनाव चिन्हको सम्बन्धमा ध्यानाकर्षण गराईएको भनी मिती २०७४÷१÷८ गते दर्ता नं ६६२१ को  निवेदन दर्ता गरेको र सोहि सम्बन्धमा पुनः मिती २०७४÷३÷२९ गते निवेदन दर्ता गराउदा समेत मैले मिती २०७३÷५÷२१ गते अगाडी नै माग गरेको निवेदन बमोजिम झण्डा र छाप अभिलेख गरी मिती २०७३÷११÷२८ गते प्रमाणित गरिदिए बमोजिम हाम्रो प्रस्तावित छाप गोलाकार भित्र खुल्ला छाता राखी हामीले प्रयोग गर्दै आएका छौं । यसरी कानुन बमोजिम हामीले पहिला नै प्रापत गरी प्रचलनमा ल्याएको को छापसँग हुबहु मिल्ने गरी विपक्षी नं १ ले अन्य विपक्षीहरुलाई दल दर्ता गरिदिएको र सो सम्बन्धि कागजात माग गर्दा बेसरोकारवाला लाई दिन नमिल्ने भनी नदिएकाले निवेदक पार्टीको कागजातहरु मात्र मिती २०७४÷४÷१ गते प्रमाणित नक्कल सारी उक्त प्रमाणित कागजातहरुका आधारमा हाम्रो पार्टीको अन्य उपचारको बाटो नभएको हुदा सम्मानित अदालत समक्ष प्रस्तुत निवेदन न्यायका खातिर उपस्थित भएका छौं ।

३. विपक्षीहरुले गरेको अन्यायको तथ्य विवरण –
क)  यस दलले मिती २०७३÷५÷४ गतेको राष्ट्रिय भेलाको निर्णय बमोजिम मिती २०७३÷५÷२१ गते विपक्षी निर्वाचन आयोग समक्ष पार्टीको तर्फबाट निवेदन पेश गरेको र ततपश्चात पाटीको कार्य समिती हेरफेर भएकाले ततकालीन ऐनको दफा १० ख बमोजिम नयाँ कार्य समितीको व्यहोरा विपक्षी आयोग समक्ष अवगत गराउदा प्रस्तावित नया चुनाव चिन्ह ,छाप र झण्डा समेत अङ्कित लेटर प्याड प्रयोग गरी विपक्षी आयोगमा अभिलेखिकरण समेत भएको अवस्थामा विपक्षी मध्येका राष्ट्रिय जनता पार्टी नेपालले समेत हाम्रो पार्टीले अगाडी नै च्भकभचखभ गरिसकेको चिन्ह प्रयोग गरी रातो पृष्टभुमीमा खुल्ला छाता राखी प्रस्तावित गरेको झण्डा विपक्षी आयोगको मिती २०७३÷११÷२८ गतेको निर्णय बमोजिम स्विकृत भएको झण्डा सँग हुबहु मिल्ने गरी विपक्षी नं २ पार्टी एवम सो सँग सम्वन्धि अरु विपक्षीहरुले चुनाव चिन्ह छाता राखि दलको प्रचार प्रसार गरी आएको व्यहोरा बिभिन्न पत्र पत्रिका मार्फत जानकारी हुन आएकोले नेपालको संविधानको धारा २६९ तथा अन्य प्रचलित संविधान सभा सदस्य निर्वाचन ऐन २०७० को दफा ३१(४) , स्थानिय तह निर्वाचन ऐन २०७३ को २६(३) र राजनैतिक दल सम्बन्धि ऐन २०७३ को दफा  ६ (ङ) विपरीत भएकाले प्रस्तुत निवेदन लिई उपस्थित भएका छौं ।
ख. दलीय पद्धति अनुसार हुने निर्वाचन प्रकृया होस वा अन्य कुनै , पार्टीको चुनाव चिन्ह र छाप पार्टीको चिनारी हो राजनैतिक दलको लागि यसको सर्वाधिक महत्व रहेको हुन्छ । यहि यर्थार्थलाई आत्मसाथ गरी संबिधानले समेत राजनैतिक दललाई मान्यता दिई चुनाव चिन्ह दिईनुपर्ने व्यवस्था गरेको छ ।

स्थानिय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त २७ दललाई मात्र स्थाई चुनाव चिन्ह दिएकाले नया शक्ति पार्टी र हामी समेतले आन्दोलन गर्दा विपक्षी निर्वाचन आयोगले हाम्रो पार्टी समेत स्वतन्त्रको हैसियतले विभिन्न स्थानमा निर्वाचनमा भाग लिई आगामी तेश्रो चरणको स्थानिय निर्वाचनमा समेत भाग लिन तथा प्रचार प्रसार गर्न जानु पर्ने अवस्थामा हाम्रो झण्डासँग हुबहु मिल्ने झण्डा एवम चिन्ह विपक्षी राष्ट्रिय जनता पार्टी नेपालले प्रयोग गर्दै पार्टीका कार्यक्रमहरु सञ्चालन गर्दै आएकाले सो सम्बन्धमा पटक पटक विपक्षी निर्वाचन आयोगमा निवेदन गर्दासमेत बेवास्ता गरी एउटा राजनैतिक दलले एकपटक प्राप्त गरिसकेको चुनाव चिन्ह अर्को पार्टीले प्रयोग गर्न नपाउने भन्ने कानुनी व्यवस्था समेतको विपरीत विपक्षीहरुले निवेदक पार्टीको अस्तित्व समेत समाप्त पार्ने किसिमका गतिविधीहरु सञ्चालन गर्दै राजनैतिक दल सम्बन्धि ऐन २०७३ दफा ६ ङ र १० विपरीत दल दर्ता गरिएकोले सो सम्बन्धि कागजात माग गर्दा समेत नदिएकाले विपक्षीहरुले आफुखुसी विवाद उठाई नभएको अधिकारक्षेत्र बाहिर गई निवेदक दलसँग मिल्दो जुल्दो चुनाव चिन्ह , झण्डा र छाप समेत प्रयोग गरी दल दर्ता समेत गराएकाले उक्त हुबहु मिल्ने गरी दल दर्ता गराउने सम्मको कार्य उत्प्रेषण प्रतिषेध समेतको आदेश जारी गरी पाँऊ ।

४. अतः उपरोक्त प्रत्यर्थी हरुको काम कारवाहि बाट निवेदक दललाई नेपालको संविधानको धारा १७ (२) ग प्रदत्त मौलिक हक एवम धारा २६९ तथा अन्य प्रचलित संविधान सभा सदस्य निर्वाचन ऐन २०७० को दफा ३१(४) , स्थानिय तह निर्वाचन ऐन २०७३ को २६(३) र राजनैतिक दल सम्बन्धि ऐन २०७३ को दफा ६ (ङ) समेतले प्रत्याभुत गरेको निर्वाचन चुनाव चिन्हका सम्बन्धि दलको हक अधिकार समेतमा आघात पर्ने कार्य गरी विपक्षी राष्ट्रिय जनता पार्टी नेपाल ६ वटा अन्य राजनैतिक दल विच एकिकरण भएकोले राजनैतिक दल सम्बन्धि ऐन २०७३ दफा १० (५) मा “यस ऐन बमोजिम दलहरु एकिकरण हुदा वा गाभिदा त्यस्तो दलको नाम,झण्डा ,चिन्ह सम्पत्ती वा दायित्व उपदफा १ बमोजिम सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ ”भनी व्यवस्था भएकाले विपक्षी राजनैनिक दल एक हुदा कायम रहेका दलका चुनाव चिन्ह हरु मध्ये कुनै एकको चुनाव चिन्ह लिनुपर्नेमा निवेदक छुट्टै दलले प्रयोग गरी आएको झण्डा छाप विपक्षीहरुले प्रयोय गरी आएकाले विपक्षीहरुले गरेका उल्लेखित गैरकानुनी कार्यहरु उपर अन्य कुनै कानुनी उपचारको बाटो नभएकाले संविधानको धारा १३३ (३) बमोजिम प्रस्तुत निवेदन लिई सम्मानित अदालत समक्ष उपस्थित भएका छौं ।

५. तसर्थ निवेदकले दर्ता गरेको प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि हामीले पहिला नै विपक्षी निर्वाचन आयोगमा सुरक्षित गरिसकेको चुनाव चिन्ह छातासँग मिल्नेगरी वा केहि कुरा थपघट गरी विपक्षी पार्टीलाई वा अन्य कुनै पनि राजनैतिक दलहरुलाई चुनाव चिन्ह प्रदान गर्ने , वा सो बमोजिम पार्टीको प्रचार प्रसार, लगायतका काम कारवाही केहि नगर्नु नगराउनु भनी शक्ति सन्तुलनको निमित्त समेत सर्वोच्च अदालत. नियमावली, २०४९ को नियम ४१ बमोजिम अन्तरिम आदेश समेत जारी गरी निवेदक जनशक्ती नेपालले पहिलानै विपक्षी आयोगसँग माग गरी सुरक्षित Reserve गरिसकेको चुनाव चिन्ह छाता, र हामीले प्राप्त गरिसकेको छाप र झण्डा सँग हुबहु मिल्ने गरी दल दर्ता गरेकाले मिती २०७४÷३÷३१ विपक्षी दलललाई दलको मान्यता दिएको भनी मिती २०७४÷४÷१ गते गोरखापत्रमा प्रकाशीत समाचारका आधारमा समेत निवेदक राजनैतिक दलको चुनाव चिन्ह ,झण्डा र छाप सँग मिल्ने गरी दल दर्ता गरिएको हदसम्मको कार्य उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउनुका साथै निवेदक दलको विरुद्धमा संबिधान एवम कानुन प्रतिकुल कामकारवाहि नगर्नु भन्ने प्रतिषेधको आदेशका साथै निवेदक पार्टीले मिती २०७३÷५÷२१ गते माग दावि गरेको छाता चुनाव चिन्ह निवेदक जनशक्ती नेपाल पार्टीलाई दिनु भनी नेपालको संविधानको धारा १३३ (१), (२) (३) बमोजिम परमादेश लगायत अन्य जो चाहिने उपयुक्त आदेश प्रत्यर्थीका नाममा जारी गरी आघातित हकको संरक्षण गरी पुर्ण न्याय दिलाई पाउ ।

६. प्रस्तुत रीट निवेदन अन्तिम टुङ्गो नलागेसम्म अन्तरिम आदेश जारी नभएमा निवेदक जनशक्ती नेपाल पार्टीलाई अपुरणिय क्षति हुने भएकाले प्रत्यर्थी निर्वाचन आयोग र राष्ट्रिय जनता पार्टी नेपालका नाममा निवेदक पार्टीको चुनाव चिन्ह छाता राखी झण्डा र छाप समेत राखी विपक्षी दलले प्रचार प्रसार तथा  प्रयोग नगर्नु नगराउनु भनी सर्वोच्च अदालत. नियमावली, २०४९ को नियम ४१ बमोजिम प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म का लागि अन्तरिम आदेश समेत जारी गरी पाउ ।

७. निवेदक दल जस्तै अन्य दलहरुले पनि दुःख हैरानी व्यहोर्नु नपरोस भन्नका लागि अब उप्रान्त एक दललाई प्रदान गरिएको चुनाव चिन्ह ,छाप र झण्डा मिल्दो जुल्दो हुनेगरी कुनै पनि अन्य नयाँ राजनैतिक दललाई दिई दल दर्ता गर्ने कार्य नगर्नु नगराउनु भनी  विपक्षी निर्वाचन आयोगका नाममा निर्देशनात्मक आदेश समेत जारी गरी पाँउ ।

८. आगामी तेश्रो चरणको स्थानिय तहको निर्वाचनलाई मध्येनजर राखि प्रस्तुत रीट नवेदनलाई अग्राधिकार समेत दिलाई पाँउ ।
संलग्न कागज प्रमाणहरु – निम्नलिखित प्रमाणहरुको प्रतिलिपी पेश गरेका छौं सक्कल विपक्षी हरुबाट झिकी बुझि पाऊ ।
क)नागरीकताको प्रतिलिपि ……………………………………………………………………………………………………….१
ख) मिति २०७३÷५÷२१ गते दर्ता नं ७४८ संलग्न निवेदन लगायत निवेदक दलको भेलाको निर्णय प्रतिलिपीहरु…………………………………………………………………………………………………………….१
ग) .    मिति २०७३÷७÷२९ गतेको नयाँ कार्य समिती विवरण सहित दर्ता नं १८५८ को निवेदन प्रतिलिपी………..१
घ). च नं ३–२–३९६÷७३ मिति २०७३÷११÷२८ गतेको विपक्षी निर्वाचन आयोगको बैठक संख्या १०२ अनुसारको संसोधित नाम , विधान , झण्डा, लगायतका विवरण अद्यावधिक गरी पठाएको पत्र प्रतिलिपी………………..१
ङ) मिती २०७४÷१÷८ गते दर्ता नं ६६२६ र मिती २०७४÷३÷२९ गतेको द.नं ८४८१ को चुनाव चिन्ह सम्बन्धमा ध्यानाकर्षण गराइएको निवेदनको प्रतिलिपीहरु………………………………१
च) मिती २०७४÷१÷८, २०७४÷३÷२० , २०७४÷३÷२४ गतेका राष्ट्रिय दैनिक कान्तिपुरका सक्कल प्रति…………….
छ) दर्ता नं ६६२६ को चुनाव चिन्ह सम्बन्धमा ध्यानाकर्षण गराइएको निवेदनको प्रतिलिपी
ज). निवेदक पार्टीको मिती २०७४÷३÷२८ गतेको सञ्चालक समितीको अख्तियारनामा दिएको माईनुटको प्रतिलिपी……………………………………………………………………………………………………………………..१

९. यो निवेदन पत्र दर्ता गर्न लाग्ने दस्तुर सर्वोच्च अदालत यसै साथ दाखिला गरेको छु ।

१०. प्रस्तुत विवादका सम्बन्धमा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ४० ख बमोजिम अन्य कुनै अदालतमा निवेदन दर्ता गरेको छैन ।

११. यो निवेदन पत्र दर्ता गर्न हाल कानून व्यवसायी मुकरर गरेको छैन, पछि रहनु हुने कानून व्यवसायीको बहस पैरवी एवं बेन्च समक्ष प्रस्तुत गर्नुहुने नजिर लगायतका सबुद प्रमाणलाई यसै मुद्दाको अभिन्न अंग मानि पाउँ

९.यसमा लेखिएको व्यहोरा ठीक साँचो छ, झुठ्ठा ठहरे कानुन बमोजिम सहुँला बुझाउँला ।               निवेदक
जनशक्ति नेपाल पार्टीका तर्फवाट अख्तियार प्राप्त
अध्यक्ष रामकुमार ओझा

इति सम्वत् २०७४ साल श्रावण महिना  गते रोज  शुभम् –––––––––––––––––––––––––––––

श्री सर्वोच्च अदालतमा चढाएको
सारसंक्षेपीकरण
विषयः– उत्प्रेषण, प्रतिषेध,परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरिपाऊँ ।

निर्वाचन आयोग कार्यालयमा दर्ता भई का.जि. का.म.न.पा. वडा नं.१० मा कार्यालय रही हाल का.जि.का.म.पा वडा नं ३१ म केन्द्रिय कार्यालय रहेको जनता दल नेपाल हाल जनशक्ति नेपाल पार्टीका अख्तियार प्राप्त अध्यक्ष ऐ.ऐ. बस्ने वर्ष ५५ को रामकुमार ओझा  पक्ष
निवेदक

विरुद्ध
का.जि.कान्तिपथबहादुर भवन स्थित निर्वाचन आयोग केन्द्रिय कार्यालयसमेत विपक्षी
प्रत्यर्थी
मुद्दाः– उत्प्रेषण समेत
सर्वोच्च अदालत नियमावली २०४९ को नियम ४० क बमोजिम प्रस्तुत निवेदन पत्रको संक्षिप्त व्यहोरा र माग दावी निम्न अनुसार रहेको छ ।
१  . विवादको संक्षिप्त व्यहोराः–
क  निवेदक राजनैतिक दल ततकालिन नेपालको अन्तरीम संविधान २०६३ को धारा १४२ र ततकालिन निर्वाचन आयोग ऐन २०६३ को दफा २० (१) संविधान सभा सदस्य निर्वाचन अध्यादेश २०७० को दफा ३१ एवं संबिधान सभा सदस्य निर्वाचन नियमावली २०७० को नियम १९ बमोजिम चुनाव चिन्ह याक प्रदान गरिएको थियो । साथै मिती २०७०÷६÷१४ मा विपक्षी कार्यालयबाट निवेदक दल संविधान सभा सदस्यको समानुपातीक निर्वाचनप्रणाली अन्तर्गतको निर्वाचनमा भाग लिन क्रमसंख्या ४३ मा दर्ता रहेको पत्र समेत प्राप्त गरी निर्वाचनमा सहभागी भई नेपाली जनताको चाहना अनुसार सम्मानजनक मत प्राप्त गरेको दल हो ।

ख. विपक्षी आयोगबाट मिती २०७३÷११÷२८ गते निवेदक समेत ३ दललाई बैठक नं १०२ को निर्णय नं ४ बमोजिम हामो माग बमोजिम केन्द्रिय कार्य समिती हेरफेर ,बिधान संसोधन,झण्डा संशोधन र दलको नाम समेत परिवर्तन भएको तर चिन्हको हकमा पुरानो संघिय समाजवादी पार्टी एकिकरण भएको एक वर्ष पुरा भएपश्चात वा राष्ट्रिय चुनाव भएको बेलामा निवेदक पार्टीले नै पाउने निर्णय हुने गरी तपाँईहरुले दिएको निवेदन बमोजिम छाता चुनाव चिन्ह सुरक्षित (Reserve) मा राखिएको छ भनी मौखिक आश्वासन दिई हाम्रो पार्टीको झण्डा र छाप भित्र छाता चिन्ह अभिलेख गरी उक्त मितीदेखि सोहि बमोजिमको छाप र झण्डा निवेदक पार्टीले प्रयोग गर्दै आएको छैन ।

यसरी कानुन बमोजिम विपक्षी आयोगले संशोधन गरी हामीलाई प्राप्त भएको झण्डा लोगो समेतमा उल्लेखित छाता चुनाव चिन्ह र सोहि लोगा राखी माथिल्लो भागमा रातो विचमा सेतो र तल हरियो रङमा विचमा हाम्रो पार्टीले प्रयोग गरी आएको छाता चुनाव चिन्ह राखि मिती २०७४÷१÷७ गते ६ राजनैतिक दल एक ठाउमा भनी मिती २०७४÷१÷८ गतेको राष्ट्रिय दैनिक पत्रिका कान्तिपुरमा समाचार प्रकाशन भएपछि निवेदक दलको गम्भीर ध्यानाकर्षण भएकाले विपक्षी आयोग समक्ष चुनाव चिन्हको सम्बन्धमा ध्यानाकर्षण गराईएको भनी मिती २०७४÷१÷८ गते दर्ता नं ६६२१ को  निवेदन दर्ता गरेको र सोहि सम्बन्धमा पुनः मिती २०७४÷३÷२९ गते निवेदन दर्ता गराउदा समेत मेरो १ वर्ष अगाडी नै माग गरेको निवेदनको सुनुवाई नै नगरी अन्याय गरेकाले अन्य उपचारको मार्ग नभएको हुदा प्रस्तुत निवेदन पेश गरेको छु ।

२. संवैधानिक तथा कानूनी प्रश्नः–प्रत्यर्थी हरुको काम कारवाहि बाट निवेदक दललाई नेपालको संविधानको धारा १७ (२) ग प्रदत्त मौलिक हक एवम धारा २६९ तथा अन्य प्रचलित संविधान सभा सदस्य निर्वाचन ऐन २०७० को दफा ३१(४) , स्थानिय तह निर्वाचन ऐन २०७३ को २६(३) र राजनैतिक दल सम्बन्धि ऐन २०७३ को दफा ६ (ङ) समेतले प्रत्याभुत गरेको निर्वाचन चुनाव चिन्हका सम्बन्धि दलको हक अधिकार समेतमा आघात पर्ने कार्य गरी विपक्षी राष्ट्रिय जनता पार्टी नेपाल ६ वटा अन्य राजनैतिक दल विच एकिकरण भएकोले राजनैतिक दल सम्बन्धि ऐन २०७३ दफा १० (५) मा “यस ऐन बमोजिम दलहरु एकिकरण हुदा वा गाभिदा त्यस्तो दलको नाम,झण्डा ,चिन्ह सम्पत्ती वा दायित्व उपदफा १ बमोजिम सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ ”भनी व्यवस्था भएकाले विपक्षी राजनैनिक दल एक हुदा कायम रहेका दलका चुनाव चिन्ह हरु मध्ये कुनै एकको चुनाव चिन्ह लिनुपर्नेमा निवेदक छुट्टै दलले प्रयोग गरी आएको झण्डा छाप विपक्षीहरुले प्रयोय गरी आएकाले विपक्षीहरुले गरेका उल्लेखित गैरकानुनी कार्यहरु उपर अन्य कुनै कानुनी उपचारको बाटो नभएकाले संविधानको धारा १३३ (३) बमोजिम प्रस्तुत निवेदन लिई सम्मानित अदालत समक्ष उपस्थित भएका छौं ।

३. माग गरिएको उपचारः– तसर्थ निवेदकले दर्ता गरेको प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि हामीले पहिला नै विपक्षी निर्वाचन आयोगमा सुरक्षित गरिसकेको चुनाव चिन्ह छातासँग मिल्नेगरी वा केहि कुरा थपघट गरी विपक्षी पार्टीलाई वा अन्य कुनै पनि राजनैतिक दलहरुलाई चुनाव चिन्ह प्रदान गर्ने , वा सो बमोजिम पार्टीको प्रचार प्रसार, लगायतका काम कारवाही केहि नगर्नु नगराउनु भनी शक्ति सन्तुलनको निमित्त समेत सर्वोच्च अदालत. नियमावली, २०४९ को नियम ४१ बमोजिम अन्तरिम आदेश समेत जारी गरी निवेदक जनशक्ती नेपालले पहिलानै विपक्षी आयोगसँग माग गरी सुरक्षित (च्भकभचखभ) गरिसकेको चुनाव चिन्ह छाता, र हामीले प्राप्त गरिसकेको छाप र झण्डा सँग हुबहु मिल्ने गरी दल दर्ता गरेकाले मिती २०७४÷३÷३१ विपक्षी दलललाई दलको मान्यता दिएको भनी मिती २०७४÷४÷१ गते गोरखापत्रमा प्रकाशीत समाचारका आधारमा समेत निवेदक राजनैतिक दलको चुनाव चिन्ह ,झण्डा र छाप सँग मिल्ने गरी दल दर्ता गरिएको हदसम्मको कार्य उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउनुका साथै निवेदक दलको विरुद्धमा संबिधान एवम कानुन प्रतिकुल कामकारवाहि नगर्नु भन्ने प्रतिषेधको आदेशका साथै निवेदक पार्टीले मिती २०७३÷५÷२१ गते माग दावि गरेको छाता चुनाव चिन्ह निवेदक जनशक्ती नेपाल पार्टीलाई दिनु भनी नेपालको संविधानको धारा १३३ (१), (२) (३) बमोजिम परमादेश लगायत अन्य जो चाहिने उपयुक्त आदेश प्रत्यर्थीका नाममा जारी गरी आघातित हकको संरक्षण गरी पुर्ण न्याय दिलाई पाउ ।
४. यसमा लेखिएको व्यहोरा ठीक साँचो छ, झुठ्ठा ठहरे कानुन बमोजिम सहुँला बुझाउँला ।

निवेदक अख्तियार प्राप्त अध्यक्ष रामकुमार ओझा

इति सम्वत् २०७४ साल श्रावण महिना  गते रोज  शुभम् –––––––––––––––––––––––––––

 

न्यूज अभियान बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah