हामी हिन्दुहरुले हाम्रा ३३ कोटी देवताको बारेमा विभिन्न चर्चाहरु सुन्ने गरेका छौं । हाम्रा पौराणिक ग्रन्थहरुमा ३३ कोटी देवी देवताको विभिन्न प्रसङ्ग आउने गर्छ ।तर, के हाम्रा देवी देवता वास्तवमा नै ३३ कोटी अर्थात ३३ करोड नै छन् त ? कतै यो एक आलंकारिक मात्रै पो हो कि ? या वास्तविक नै हो त रु भन्ने बारेमा।वृहदाराण्यककोपनिषदको अध्याय तीनका याज्ञवल्क्य र शाकल्य बीचको सम्वाद विचार गर्नु योग्य देखिएको हुनाले यस सम्वादलाई यहाँ प्रस्तुत गरिँदैछ ।
वृहदारण्यक उपनिषद शुक्लयजुर्वेद अन्तर्गत काण्वी शाखाको वाजसनेयी ब्राम्हण अन्तर्गत पर्दछ । आकारमा यो वृहत अर्थात ठूलो एवं अरण्य (वनमा) अध्ययन गर्नपर्ने भएको हुनाले यसलाई वृहद्वारण्यक भनिएको हो ।शाकल्यः देवता कति छन् ?याज्ञवल्क्यः तैत्तिस शाकाल्यले यसै प्रश्नलाई बारम्बार गरी पाँच पटक दोहोर्याए । यसो गरेको देखेर याज्ञवल्क्यले पनि हरेक पटक संख्या घटाउँदै देवताको संख्या क्रमशः छ, तीन, दुई डेढ र अन्त्यमा एकमा सीमित पारिदिए ।
शाकल्यः फेरि यी तीन हजार तीन सय छ देवगण को हुन् त ? याज्ञः यी देवताको विभूतिहरु हुन् । देवगण त तेत्तिस मात्र हुन् । शाकल्यः ती कुन–कुन हुन् रु याज्ञः आठ वसु, एघार रुद्र, बाह्र आदित्य, इन्द्र र प्रजापति । शाकल्यः आठ वसु को–को हुन् ? यज्ञः अग्नि, पृथ्वी, वायु अन्तरिक्ष, आदित्य, द्युलोक, चन्द्र र नक्षत्र । जगतको सम्पूर्ण पदार्थ यसैमा समाहित छ । अतः यि वसु गण हुन् ।
शाकल्यः एघार रुद्र को–को हुन् ?याज्ञः पुरुषमा स्थित दस इन्द्रिय, एक आत्मा । मृत्युको समयमा यि इन्द्रीयहरुले शरीरलाई छाडिदिन्छन् र प्रियजनलाई रुवाउँछन ।अतः यिनीहरु रुद्र छन् । शाकल्यः बाह्र आदित्य को हुन् रुयाज्ञः एक वर्षमा पर्ने बाह्र महिना नै बाह्र आदित्य हुन् । शाकल्यः इन्द्र एवं प्रजापति को हुन् ? याज्ञः गर्जिने मेघ नै इन्द्र हुन् र यज्ञ नै प्रजापति हुन् । शाकल्यः छ किसिमका देवगण कुन कुन हुन् ? याज्ञः पृथ्वी, अग्नि, वायु, अन्तरिक्ष, द्यौ र आदित्य । शाकल्यः तीन देवलोक कुन–कुन हुन् ? याज्ञः तीन लोक (पृथ्वी लोक, स्वर्गलोक र पाताल लोक) ।
यी तीन देवता हुन् । यसैमा सबै देवगणले बास बस्ने गर्दछन् । शाकल्यः दुई देवता को–को हुन् ? याज्ञः अन्न र प्राण नै दुई देवता हुन् । शाकल्यः यी डेढ देवता चाहिँ को हुन् त ? याज्ञः वायु डेढ देवता हुन् । किन कि यी बहन्छन् र यसैबाट सबैको वृद्धि हुन्छ ।शाकल्यः एक देवता को हुन् नि रुयाज्ञः प्राण नै एक्लो देवता हो । यही नै ब्रम्ह हो, यही नै तत्व हो । यस प्रकार सनातन धर्ममा देवताको संख्या यहाँ तेत्तिसकोटी (तेत्तिस करोड) नभएर मात्र ३३ प्रकारका बताइएको छ ।स्रोतः ज्योतिर्विज्ञानमञ्च -एजेन्सी
यसैगरी हिन्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । सबै किसिमको दुःख निवारणका लागि भगवान श्रीगणेशको पूजा गरिन्छ ।त्यसोत कुनै पनि शुभ कार्य गर्दा सबैभन्दा पहिलो गणेशको पूजा गर्ने गरिन्छ । मंगलाचरणको शुरुमै ॐ श्री गणेशाय नमः मन्त्रोच्चारणबाट नै कामको थालनी गरिएको हुन्छ ।श्रीगणेशको नाम मात्र लिनाले पनि मानिसहरुको मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । ११ प्रकारका गणेश भगवानका स्वरुपमध्ये कुनै एकको विधिपूर्वक पूजा गर्नाले घरमा सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ ।
सेतो गणेशःभगवान गणेशका विभिन्न स्वरुप मध्ये तपाईले सेतो गणेशको प्रतिमा देख्नुभएको होला । मठ मन्दिरमा समेत गणेश भगवानको सेतो प्रतिमा हुन्छन् । बजारमा पनि सेतो गणेशको मूर्ति किन्न पाइन्छ । यीनलाई ‘श्वेतार्क गणपति’ पनि भनिन्छ । ‘श्वेतार्क गणपति’को प्रतिमा घरमा स्थापित गर्नाले घरका सवै सदस्यहरुको दःख निवारण हुने धार्मिक विश्वास छ ।
मुगा जडित गणेशःमुगा सिंदूर रंगको एक रत्न हो । यसबाट निर्माण गरिएको गणेशको मूर्तिलाई पूजास्थानमा स्थापित गरी नित्य पूजा गर्नाले शत्रुको नास हुने भक्तहरुको मनोकामना पूरा हुने विश्वास गरिन्छ । पन्ना जडित गणेशःपन्ना पनि एक हरिणे रङको रत्न हो । यसबाट बनेको गणेशको प्रतिमा पूजास्थानमा स्थापना गरी विधिपूर्वक पूजा गर्नाले सत्बुद्धि प्राप्ति हुनुका साथै सु’ख शान्ति र धन प्राप्ति हुने विश्वास गरिन्छ ।
चाँदीको गणेश:जसले धनको इच्छा राख्छ । उसले चाँदीद्वारा निर्माण गरिएको गणेको प्रतिमालाई पूजा गर्नुपर्ने जनाइन्छ । यस्तो प्रकारको प्रतिमा पूजास्थानमा स्थापित गरी पूजा गर्नाले धन-सम्पत्ति प्राप्ति हुने घरमा सुख शान्ति हुने विश्वास गरिन्छ । चन्दनद्वारा निर्मित गणेश:पूजामा प्रयोग हुने चन्दन (एक प्रकारको काठ)बाट निर्माण गरिएको भगवान गणेशको प्रतिमा घरमा राखेर पूजा गर्नाले कुनै पनि प्रकारका वि’पतबाट बच्न सकिने धार्मिक विश्वास छ । यस प्रकोको गणेशको पूजा गर्नाले पारिवारमा सखु–शान्ति छाउने विश्वास गरिन्छ ।
पारद गणेशःधन-सम्पत्ति प्राप्तिका लागि पारद अर्थात पारोबाट बनेको गणेको प्रतिमा पूजास्थानमा राख्नु उपयुक्त मानिन्छ । यस प्रकारको प्रतिमा घरमा राखेर पूजा गर्नाले तन्त्रको प्रभाव नपर्ने बताइन्छ । बाँसुरी बजाउँदै गरेको गणेशःघरमा झै’झगडा तथा वि’वाद हुन्छ भने बाँसुरी बजाउँदै गरेको गणेशको प्रतिमा राखी पूजा गर्नु उत्तम मानिन्छ । बाँसुरी बजाउँदै गरेको गणेशको प्रतिमा पूजा स्थानमा राखेर विधिपूर्वक पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने विश्वास गरिन्छ ।
हरियो रंगको गणेशःहरियो रंगको श्रीगणेशको पूजा गर्नाले ज्ञान र बुद्धि प्राप्ति हुने विश्वास गरिन्छ । यस्तो प्रकारको गणेश घरमा राखेर विद्यार्थीहरुले नित्य पूजा गर्नु उत्तम मानिन्छ । हात्तीमा विराजमा गणेश:यदी कोही धन प्राप्तिको इच्छा राख्दछन् भने हात्तीमा बिराजमान भएको भगवान गणेशको प्रतिमा पूजा कोठामा स्थापना गरी विधिपूर्वक नित्य पूजा गर्नुपर्छ । हात्तीमा विराजमान श्रीगणेशको पूजा गर्नाले पैसा, इ’ज्जत र स्वामिमान वृद्धि हुने धार्मिक विश्वास छ ।
नाच्दै गरेको गणेशःनाच्दै गरेको भगवान गणेशको प्रतिमा पूजाकोठामा स्थापित गरी पूजा गर्नाले मनमा शान्ति मिल्ने तथा त’नावबाट मुक्त भइने धार्मिक विश्वास छ । मनको शान्ति र एकाग्र बन्नको लागि नाच्दै गरेको गणेशको मूर्ति पूजा स्थानमा राख्नु उत्तम मानिन्छ । पञ्चमुखी गणेशःतान्त्रिक क्रिया सिद्दिका लागि पञ्चमुखी गणेश भगवानको पूजा गर्नु उत्तम मानिन्छ । पञ्चमुखी श्रीगणेशको पूजा गर्नाले कुनै पनि तान्त्रिक क्रियामा कुनै पनि बा’धा–अडचन नआउने धार्मिक विश्वास छ ।
यसैगरी भगवान विष्णुका २४ वटा अवतार छन् । सम्पूर्ण चराचर जगतको रक्षार्थ भगवान विष्णु कहिल बराह अबतारमा प्रकट भएका छन् त कहिले म’त्स्य, कहिले नारद, कहिले परशुराम त कहिले श्रीकृष्ण अवतारमै प्रकट भएको शास्त्रमा उल्लेख छ । त्यस्तै धार्मिक ग्रन्थका अनुसार हरेक देवी देवतादेखि दानवसम्मका आ–आफ्नै बाहनहरु पनि तोकिएका छन् । आफ्नो बाहनमाथि उनीहरुले अधिपत्य जमाइरहेका हुन्छन् । तर भगवान विष्णुको बाहन गरुड भए पनि उनले सर्पको ओछ्यान बनाएर आ’राम गरिरहेका कैयौं प्रतिमा तथा तस्विर देख्दै आएका छौं ।
उनका हरेक प्रतिमा तथा चित्रहरुमा गरुडसँगै नाग (शेष नाग) जोडिएको हुन्छ ।त्यसो त भगवान विष्णुलाई पा’पको सागरबाट दुनियाँलाई मुक्त गर्ने प्रतिकको रुपमा लिइन्छ । समयअनुसार जब संसारमा पा’प बढेर गएको थियो, तब विष्णुले सकल जगतको उद्धार गरेका थिए । शेषनाग ‘अनन्त’ अर्थात जसको कुनै सीमा छैन, त्यसको प्रतिक हो । हिन्दु धर्मका अनुासर शेषनाग भगवान विष्णुको उर्जाको प्रतिक हो, जसमा उनी आरम गर्छन् । सबै ग्रह बस्ने आसन हिन्दू पौराणिक कथा अनुसार शेषनागले आफ्नो कुन्डलीमा सबै ग्रहलाई राखेको छ ।
र, उसले भगवान विष्णुको मन्त्रोच्चारण गर्छ । शेषनाग भगवान विष्णुको केवल आरम गर्ने स्थान मात्र नभएर रक्षक पनि भएको हुँदा उनी शेष नागमा शयन गर्ने गरेको शास्त्रमा उल्लेख छ ।त्यस समयमा भगवान कृष्णलाई जव उनको पिता वासुदेवले जन्मनसाथ जेल’बाट घरमा लैजाँदै थिए, त्यसबेला शेषनागले तुफानबाट रक्षा गरेका थिए । त्रेता युगमा शेषनागले लक्ष्मणको रुप लिएको थियो र द्वापर युगमा बलरामको रुप लिएको शास्त्रमा उल्लेख छ । दुबै जन्ममा उनले राम र कृष्णको साथ पनि दिएको पाइन्छ ।