काठमाडौ: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित जनप्रतिनिधिले एमालेको कार्यकर्ता होईन जनताको साझा प्रतिनिधि बनेर काम गर्न आग्रह गरेका छन् ।

नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट)सातौं राष्ट्रिय महाधिबेशन प्रतिनिधि परिषद्को उद्घाटन एवं जिफन्ट अन्तर्गतका नवनिर्वाचित स्थानीय तहका प्रतिनिधिहरुलाई सम्मान गर्दै उनले जनतामाझ जनप्रतिनिधिले सहि काम गरेर देखाउन निर्देश गरेका छन्।

देउवा सरकार मैले चाईनिज नबुझेजस्तै भयो

उनले अहिलेको सरकारप्रति व्यङ्ग्य गर्दै भने, “यो सरकार र सरकारी गठबन्धन त्यत्रोबिना सुन्ने,बुझ्ने फुर्सद भएको सरकार पनि होईन र बुझ्दा पनि बुझ्दैन । मलाई कसैले चाईनिज भाषामा भन्यो भने मैले के बुझ्छु रु अहिलेको सरकारमा विकास र परिवर्तनका कुरा मैले चाईनिज नबुझेजस्तै हो । ‘ उनले भने । आफुले विकासका कुरा गर्दा उखान टुक्काको संज्ञा नदिन उनले सबैसँग आग्रह गरे ।

कार्यक्रममा जिफन्ट अध्यक्ष विष्णु रिमाल लगायत नेताहरुले जनप्रनिधिहरुले सम्पूर्ण क्षेत्रमा मजदुरका आवाज उठाउनुपने मर्यादित श्रम,सामाजिक सुरक्षा, मजदुरको पहिचान लगायतका विषयमा जोड दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा माधव न्यौपाने स्मृति अवार्ड,नुरु वाङ्छु स्मृति अवार्ड,गंगादेवी छात्रवृति,गंगादेवी स्वास्थ्य उपचार सहायता प्रदान गर्नुका साथै एमालेनिकट नेपाल ट्रेड यूनियन महासंघमा आबद्ध भएर स्थानीय तहमा विजयी करिब साँढे २ सय जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । नया पेज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah