२०७४- निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन कार्यतालिका बिहीबार सार्वजनिक गरेको छ । असोज २ गते गरिने निर्वाचनका लागि आयोगले भदौ २१ देखिको निर्वाचन कार्यक्रम ल्याएको हो । आयोगका प्रवक्ता सह सचिव सूर्यप्रसाद शर्माका अनुसार भदौ २१ गते उम्मेदवारको मनोनयन दर्ता, २४ गते निर्वाचन चिह्न प्रदानको कार्यतालिका तय भएको छ । प्रदेश नम्बर २ मा १ सय २७ स्थानीय तह छन् ।

राष्ट्रिय जनता पार्टीले संविधान संशोधनबिना निर्वाचनमा भाग नलिने र निर्वाचन बिथोल्ने कार्यक्रम ल्याएपछि सरकारले राजपाको प्रभावक्षेत्र मानिएको प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणमा गर्ने निर्णय गरेको थियो । वैशाख ३१ गते एकै चरणमा घोषित निर्वाचन राजपाकै माग सम्बोधन प्रयासका लागि सरकारले दुई चरणमा लगेको थियो ।

प्रदेश नम्बर ३, ४ र ६ को वैशाख ३१ मा तथा प्रदेश नम्बर १, २, ५ र ७ का स्थानीय तहको निर्वाचन जेठ ३१ गते गर्ने वैशाख १० गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । पछि दोस्रो चरणको निर्वाचन असार ९ हुँदै असार १४ गते पुर्‍याइयो ।

त्यसबीचमा मागअनुसार संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धिलगायत विषय सम्बोधन हुन नसकेपछि राजपाले चुनावमा भाग लिन मानेन । उम्मेदवारी मनोनयनको अघिल्लो दिन सरकारले असार १ गते प्रदेश नम्बर २ को निर्वाचन सार्ने निर्णय लिएको थियो । सरकारको उक्त निर्णयसँगै आयोगले प्रदेश नम्बर २ को सम्पूर्ण कार्यक्रम स्थगित गर्नुका साथै निर्वाचन अधिकृतहरूको कार्यालय बन्द गरी खटाइसकेका कर्मचारीहरूलाई फिर्ता गरेको थियो ।

प्रवक्ता शर्माले पहिलो खटाइएका कर्मचारीका नियुक्ति रद्द भइसकेकाले नयाँ ढंगबाट मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्ति प्रक्रिया बढाइएको बताए । आयोगले प्रदेश नम्बर २ मा मतपत्रसहितका निर्वाचन सामग्रीहरू पहिल्यै पठाइसकेको छ ।

‘धेरै काम पहिले नै पूरा भइसकेको छ, तयारीमा खासै समस्या छैन,’ शर्माले भने, ‘निर्वाचन अधिकृतहरूको नियुक्तिसँगै बाँकी कामले गति लिन्छ ।’ आयोगले प्रदेश नम्बर २ को निर्वाचनका लागि १ अर्ब ७० करोड खर्चको अनुमान गर्दै उक्त रकम सरकारसँग माग गरिसकेको छ । प्रदेश नम्बर २ का ८ जिल्लामा १ महानगर, ३ उपमहानगर, ४५ नगरपालिका र ७८ गाउँपालिका छन् । उक्त प्रदेशमा २६ लाख ६४ हजार ७ सय ९२ मतदाता छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah