मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक तथा मानिसिक रूपले तपाईं स्फूर्त महशुस गर्नुहुनेछ। पारिवारिक वातावरण आनन्दमय रहनेछ। मित्र तथा प्रियजानसँग रमाइलो समय व्यतित हुनेछ। आमाबाट लाभ हुनसक्छ। यात्राको योग बन्नेछ। धन लाभको योग रहेको देखिन्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

क्रोध र निराशाको भावना तपाईंको दिमागमा हावी हुनेछ। शारीरिक स्वास्थ्य बिग्रन सक्छ। परिवारमा नकारार्त्मक वातावरण रहनाले मन चिन्तित रहन सक्छ। तपाईंको उग्र वाणीको कारण कसैसँग मनमुटाव वा झै-झगडा हुनसक्छ। तपाईंको मिहेनत व्यर्थ हुनसक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

परिवारमा खुशीयाली र रमणीय वातावरण हुनेछ। कार्यक्षेत्रमा लाभ मिल्नेछ। उच्च अधिकारीहरूले तपाईंको कार्यको प्रशंसा गर्नेछन्। महिला साथीहरुबाट विशेष लाभ हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। सन्तानबाट शुभ समाचार मिल्नसक्छ। आयमा वृद्धि हुने सम्भावना छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

घरको सजावटमा विशेष ध्यान दिनुहुनेछ। व्यापारी र रोजगारदाताहरूले लाभ र पदोन्नतीको आशा गर्न सक्छन्। पारिवारिक आनन्द र शान्ति कायम रहनेछ। सरकारी क्षेत्रमा लाभ मिल्ने सम्भावना छ। मान-प्रतिष्ठा बढ्नेछ। आर्थिक लाभ प्राप्त होला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

स्वभावमा उग्रता र क्रोधको कारणले काममा मन नलाग्ला। अनावश्यक वाद-विवादमा नपर्नुहोला। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। रोजगारी व्यवसायको क्षेत्रमा अवरोधका कारण निर्धारित कार्य पूरा नहोला। धार्मिक यात्राको आयोजना गरिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

सरकार विरोधी वा अनैतिक प्रवृत्तिले समस्या सिर्जना गर्नसक्छ। खानपानमा विशेष ध्यान दिनुहोला। अत्यधिक धन खर्च हुनाले आर्थिक समस्याले सताउन सक्छ। क्रोधमा संयम राखुहोस्। आगो र पानीबाट बच्नुहोस्। शत्रुसँग सावधान रहनु पर्ने देखिन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सार्वजनिक जीवनमा मान-सम्मान मिल्नेछ। यश र प्रसिद्धि बढ्नेछ। उत्तम दाम्पत्य सुख र वाहन सुख मिल्नेछ। शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। साथी-भाईसँग रमणीय यात्राको योग बन्नेछ। कार्यक्षेत्रमा लाभ मिल्ने सम्भावना रहेको छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईं घरमा अनिश्चितता र खुशीको साथ समय बिताउनुहुनेछ। शारीरिक र मानसिक स्फूर्ति काम गर्न उत्साह दिनेछ। कार्यक्षेत्रमा सहकर्मीको सहायताले तपाईं धेरै कार्यहरू पूरा गर्न सक्नुहुनेछ। अधुरा कार्य पूरा हुनेछन्। आर्थिक पक्ष मजबूत रहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। कार्य असफलताले निराशा निम्त्याउँछ। क्रोधमा संयम राख्नुहोला। पेट सम्बन्धित समस्या देखा पर्न सक्छ। सन्तान सम्बन्धि विषयले चिन्ता उत्पन्न हुनसक्छ। धन प्राप्ति हुने सम्भावना रहेको छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

पारिवारिक समस्याहरूले मन च्नितित रहनेछ। आमाको स्वास्थ्य चिन्ताको विषय बन्न सक्छ। सार्वजनिक तथा सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मानमा आँच आउनसक्छ। स्वास्थ्य बिग्रन सक्छ। महिला वर्गबाट ​​घाटा हुने डर छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारीरिक रूपले स्वाथ रहनाले तपाईंको उत्साह बढ्नेछ। भाई-बहिनीसँगको सम्बन्ध मजबूत हुनेछ। घरमा साथी र प्रियजनहरूको आगमनले मन प्रशन्न रहनेछ। यात्राको योग बन्नेछ। भाग्यवृद्धिको योग रहेको छ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

क्रोध तथा वाणीमा संयम राख्न जरूरी देखिन्छ। कसैसँग झै-झगडा हुने सम्भावना छ। वित्तीय मामिला वा लेनदेनमा सावधान रहनुहोस्। परिवारका सदस्यहरूसँग मनमुटाव हुनसक्छ। खानपानमा विशेष ध्यान दिनुहोला। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah