काठमाडौँ : लामो समय देखि अमेरिकामा बस्दै आएकी गायीका सम्झना पाण्डेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँ एक सिनेमा हलमा भिडियो प्रिमियर गरिएको हो। हाँस्य सम्राट मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो प्रिमियर गरिएको हो। ‘नाचम नाचम’ बोलको डान्सिङ्ग नम्बरमा सम्झना पाण्डे र राजन राज शिवाकोटीको स्वर रहेको छ। सार्वजनिक गीतमा शब्द तथा संगीत राजन राज शिवाकोटीको रहेको छ। राजन इशानको संगीत संयोजन रहेको गीत पार्टी तथा बिभिन्न सांस्कृतिक कार्यक्रममामा बज्ने खालको बनेको छ। कार्यक्रमका प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले गायिका तथा मोडल पाण्डेलाई शुभकामना दिंदै भिडियो र गायनको प्रसंशा गरे।

बाल्यकाल देखि नै गायनमा रुचि राख्ने पाण्डेले यस अघि आफ्नो स्वरमा ४ वटा गीत सार्वजनिक गरि सकेकी छन्। अमेरिका बसे पनि नेपाल र नेपाली गीत संगीतलाई माया गर्ने पाण्डेले यस पटकको नेपाल बसाईमा तिन वटा गीत र भिडियो निर्माण गरेकी छन्। रेडियो नेपालको बाल कार्यक्रममा गीत गाउने गरेकी पाण्डेले थुप्रै बिज्ञापनमा आफ्नो स्वर दिई सकेकी छन्। पढाईको सिलसिलामा २०२१ मा अमेरिका पुगेकी पाण्डेले मास्टर्स सम्मको अध्ययन सकेकी छन्। उनि पेशाले नर्स हुन्,उनको पोस्ट फ्यामेली नर्स प्राक्टिस (डाक्टर सरह) रहेको छ।

राहुल शाहले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोमा गम्भीर बिस्ट,सम्झना पाण्डे,राहुल शाह,साइलेश विस्ट र कविता न्यौपाने फिचर्ड छन्। हरी हुमागाईंले छायाँकन गरेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन्। भिडियो सम्झना पाण्डेको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियो सार्वजनिक कार्यक्रममा गीत तथा भिडियो संग सम्बन्धित सम्पूर्ण टिम तथा प्राबिधिक हरुलाई प्रसंशा पत्र प्रदान गरिएको छ।

भिडियो प्रिमियरमा गायिका पाण्डेको अर्को भिडियो पनि देखाईएको छ। अनुप चापागाईको निर्देशनमा बनेको भिडियोमा सम्झना पाण्डे र शिशिर भण्डारी फिचर्ड छन्। भिडियोमा बुद्ध थापाको छायाँकन,विकास दाहालको सम्पादन र केविका खत्रीको कोरियोग्राफी रहेको छ। भिडियो यु ट्युबमा केहि समय पछि सार्वजनिक गरिने निर्माण टिमले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah