काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तावित २३६ जना केन्द्रीय सदस्यको नामावली वाचनपश्चात पेश गरेको सूची पारित भएसँगै आइतबारदेखि महाधिवेशन सम्पन्न भएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको भवन, कमलादीको बन्दसत्रमा अध्यक्ष प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्य गरि १३६ सदस्यको प्रस्ताव गरेको नाम पारित भएको छ ।विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य हुनेछन् । र, बाँकी केन्द्रीय सदस्य मनोनित गरिनेछ भने माओवादी केन्द्रमा जम्मा २९९ केन्द्रीय सदस्य हुने व्यवस्था रहेको छ ।

बाँकी रहेका सदस्यहरु चाँडै पूर्ति गरेर कमिटीलाई पनि पूर्णता दिइने अध्यक्ष प्रचण्डले बताएका छन् । केन्द्रीय सदस्यको टुंगो लागेसँगै सोही कमिटीभित्रैबाट पदाधिकारीको चयन गरिनेछ ।पुष ११ देखि सुरु भएको माओवादीको महाधिवेशन ८ दिनपछि सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय