मौसम

बाजुरामा हिमापात डेढ महिनाका लागि विद्यालय बन्द


  बाजुरा   सवालनेपाल   २०७८ पुष १९, सोमबार १२:३८

बाजुराको हिमाली गाउँपालिका– ३ गुम्बामा रहेको हिमाल भक्ति आधारभुत विद्यालय डेढ महिनाका लागि बन्द गरिएको छ । हिमपातसँगै बढेको चिसोका कारण आगामी फागुन पहिलो सातासम्म विद्यालय बन्द गरिएको शिक्षक देवीलाल वुढथापाले जानकारी दिए ।
उनका अनुसार गुम्बामा अहिले पनि करिब दुई फिटसम्म हिउँ जमेको छ । चिसोका कारण बर्सेनि विद्यालय बन्द हुँदै आइरहेको छ भने यस वर्ष १६ पुसदेखि फागुन पहिलो सातासम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक भीम गरीले जानकारी दिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार