
नेपाल विद्युत प्राधिकरणका यात्रु तथा कार्गोहरु नेपाल एअरलाइन्समार्फत बोक्ने समझौता भएको छ । सो सम्बन्धि सम्झौतापत्रमा नेपाल एअरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन् ।आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा उक्त सम्झौता भएको हो ।